मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेदरल्यान्डमा तीन पुस्तक विमोचन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेदरल्यान्डमा तीन पुस्तक विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको हो।

सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर ‘खुशीको गाउँ’ तयार पारिएको छ।

प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरेका हुन्। उहाँले भूटानबाट निर्वासित भएको पुस्ताले जीवनभर संघर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गरेकी छन्।

साहित्यकार खगिन्द्रा खुशीले झापा र मोरङका शरणार्थी शिविरमा रहँदा भूटानी शरणार्थीले भोगेका असीमित पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको बताएकी छन्।

उपन्यास प्रकाशक संस्था विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) का अध्यक्ष कर्ण गुरुङले ‘खुशीको गाउँ’ उपन्यासले भूटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका संघर्षका दिन स्मरण गराएको बताए। ‘आफ्नै देशबाट थातथलो छोडेर हिँड्नुपर्दा कस्तो हुन्छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ । यो उपन्यासले संघर्षका ती दिन झलझली सम्झायो । नेपाली साहित्यका क्षेत्रमा खुशीको गाउँ उपन्यास नवीन शैलीको कीर्तिका रुपमा स्थापित हुनेछ,’ गुरुङले भने।

कार्यक्रममा साहित्यकार गोपाल पौडेलको ‘धुलोमा हिरा’, याम राईको ‘याम एक सापेक्ष’ विमोचन गरिएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष विश्वासदीप तिगेला, साहित्यकार पातलो अन्तरे तथा साहित्यिक श्रष्टाहरू प्रकाश आङ्देम्बे, गोपाल पौडेल, डेनजोम साम्पाङ, अनुराधा पौडेल, डिपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा, ईश्वर ढकाल लगायतले उपन्यास ‘खुशीको गाउँ’सँगै अन्य कीर्तिको समीक्षा गरेका छन्।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

८ घण्टा अगाडि
सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक