सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायल-इरानमाथि मिसायल आक्रमणहरू जारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
इजरायल-इरानमाथि मिसायल आक्रमणहरू जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इजरायलले इरानमाथि आक्रमण पश्चात दोस्रो दिन पनि दुई देशले एकअर्काविरुद्ध मिसायल आक्रमणहरू जारी राखेका छन्।

यस्तोमा इरानले दोस्रो दिन राति प्रहार गरेको मिसायलले भने इजरायललाई तनाव बढाएको छ।

इरानले इजरायलविरुद्ध शनिबारदेखि नयाँ प्रविधि र उन्नत क्षमताको ब्यालिस्टिक मिसाइल प्रयोग गर्यो। जसले इजरायलको ‘डिफेन्स’ सिस्टमलाई ‘भेद’ गरेको दाबी गरिएको छ। जसका कारण दोस्रो दिन इजरायलमा तुलनात्मक रुपमा ठूलो क्षती भयो।

इरानको सरकारी समाचार संस्था फार्सका अनुसार तेस्रो चरणको हमलामा इरानले शनिबार रातिदेखि आइतबार बिहानसम्म हाज कासेम प्रशिक्षित ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जनाएको छ। उसले थप उन्नत हतियारहरु प्रयोग गर्ने घोषणा समेत गरेको छ।

इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहले उसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वातामा मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाइ अल्टिच्युड डिफेन्स (थाड) र इजरायलले प्रयोग गर्ने प्याट्रियट मिसाइल डिफेन्स तथा अन्य रक्षा प्रणालीलाई ‘भेद’ गर्दै टार्गेटमा निशाना लगाएको दाबि गरेको छ।

उक्त मिसाइलको नाम इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्सका पूर्वकमान्डर कासिम सुलेमानीको सम्मानमा राखिएको थियो। यो मिसाइल सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको र गएको मे महिनामा हालका रक्षामन्त्री नासिरजादेहले यसको उन्नत संस्करणको उद्घाटन गरेका थिए।

इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो ठोस इन्धनमा आधारित छ। यसले १ हजार २०० किलोमिटरको दूरीसम्म मार हान्न सक्छ र मिसाइल रक्षा प्रणालीलाई छल्न सक्ने म्यानुभरेबल वारहेडले सजिएको जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो मिसायलको प्रभावकारीताले इजरायल र अमेरिकालाई भने तनावमा पारेको छ। यस्तोमा इजरायलले अमेरिकालाई इरानलाई पराजित गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ।

इरानले शुक्रबारदेखि नै इजरायलमाथि जबाफी हमला गरे पनि शनिबार राति भएको आक्रमणमा भने तुलनात्मक रूपमा क्षति बढी भएको जनाइएको छ। तेल अभिभबाट दक्षिणमा रहेको तटीय सहर बातयाममा शनिबार राति ठूला-ठूला भवनहरु ध्वस्त भएका छन्। ती भवनहरुमा मानिसहरू पनि पुरिएको हुनसक्ने आशंका गरिएको छ।

टाइम्स अफ इजरायलले एक अपार्टमेन्ट भवन ध्वस्त हुँदा ८ जनाको मृत्यु भएको जनाएको छ। त्यहाँ २० जना अझै बेपत्ता रहेको भनिएको छ। साथै २०० जनाभन्दा बढी मानिसहरू घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबारको बिहानीलाई कस्टपूर्ण र दुखदायी बिहानी भएको दाबि गरेका छन्। उनले भने ‘आतंककारी इरानको हमलाबाट बातयाम, तम्रा र अन्य वस्तीहरूमा क्षति पुगेको छ। यहुदी, अरबी, आप्रवासीहरू, वृद्ध, महिला र बालबालिकाहरूहरूलाई लक्ष्य गरी हमला गरिएको छ।’

आइतबार बिहान राजधानी तेल अभिभ र जेरूसलेममा विस्फोटका ठूला आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपी पूर्ण रुपमा क्षतीको विवरण आइसकेको छैन्। साथै इरानले हाइफा लगायतका क्षेत्रमा पनि आक्रमण गरेको थियो।

आइतबारसम्म सयौं इजरायली हरुलाई अस्पताल भर्ना गरीएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। इरानले शुक्रबार विहान गरेको जवाफी हमलामा ड्रोन, प्रहार गर्दा राती मिसायल, रकेट र ड्रोन हानेको थियो। शनिबारदेखि भने उसले नयाँ प्रविधिको मिसाइल प्रयोग गरेको बताएको छ।

इजरायलले भने शुक्रबार गरेको ‘अप्रत्यासित’ हमलामै इरानले वरिष्ठ सैन्य अधिकारी र वैज्ञानीकहरु गुमाउन पुगेको थियो। इरानमा पनि इजरायलले लगातार आक्रमण जारी राखेको छ। तेल प्रसोधन केन्द्रहरु लक्षित हुँदा इरानमा पनि हताहत हुनेको संख्या धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

यो पनि पढ्नुहोस्

अमेरिकासँग कर वृद्धि अन्त्यसम्ममा सम्झौता हुने

आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता

५ दिन अगाडि
श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक