शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य पर्यटन

नेपालसहित ५७ देशका ४६८ आरोहीले सगरमाथा आरोहण गर्न अनुमति

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
नेपालसहित ५७ देशका ४६८ आरोहीले सगरमाथा आरोहण गर्न अनुमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। हिमाल आरोहणको मुख्य बेला मानिने वसन्तयामको आरोहण सकिएसँगै विभिन्न हिमालका आधार शिविर सुनसान बनेका छन् । सगरमाथा, ल्होत्से, नुप्त्से, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घालगायतका हिमाल आरोहण गर्न गएका टोली फर्केपछि आधार शिविर यतिबेला सुनसान बनेका हुन् ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न जाने आरोही सबैभन्दा बढी हुने गरेका छन् । मे महिनाको २९ भित्र सगरमाथामा आरोहण पूरा गरिसक्नु पर्छ । त्यस्तै गरी जुन महिनाको पहिलो तारिखभित्र आधार शिविर खाली गरिसक्नुपर्ने भएकाले करिब तीन महिना पर्वतारोही र हेलिकोप्टरको ओहोरदोहोरले बजार जस्तै चलायमान बनेको आधार शिविरमा सन्नाटा छाएको छ ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “यो वर्षको आरोहण सकिएसँगै करिब तीन महिना शिविर खडा गरी बसेका आरोही फर्किसकेका छन् । अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिका पदाधिकारीले आधार शिविरको सरसफाइ गरिरहेका छन् । त्यस्तै आरोहीका लागि तयार पारिएका संरचना सार्ने काम सकिएको छ ।”

जेठ महिना सुरु भएसँगै हिमालमा तापक्रम बढेर हिमपहिरो आउने र हिउँ पग्लने भएका कारण सुरक्षाको दृष्टिकोणले अन्य हिमालका आधार शिविरबाट समेत मानवपाइला फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्याङ्क आउन केही समय लाग्ने भए पनि शेर्पा, सहयोगी र आरोही गरेर करिब ६९४ जनाले सगरमाथा आरोहण पूरा गरेको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष आरोहण पूरा गरेका आरोहीको यकिन सङ्ख्या कम्पनीहरूले गर्ने ब्रिफिङपछि मात्र निश्चित हुन्छ । अहिले आरोही, आरोहण दलका सदस्य, आरोहण कम्पनीबाट अनलाइन ब्रिफिङ र डी ब्रिफिङको काम जारी छ ।”

डी ब्रिफिङका क्रममा आरोहणमा गएका दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल/असफल आरोहीको विवरणसहितको प्रतिवेदन विभागमा पेस गर्ने गरेको र सम्बन्धित आरोहण दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलबारे पेस गर्ने विवरणको आधारमा आरोहण प्रमाणपत्र जारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

यस पटक सगरमाथासहित २७ हिमाल आरोहण गर्न एक हजार १६८ जनाले अनुमति लिएका थिए, जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै नेपालसहित ५७ देशका ४६८ आरोहीले अनुमति लिएका थिए । अघिल्लो वर्षको यही याममा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । विभागका अनुसार यस वर्ष आरोहणका क्रममा विभिन्न हिमालमा सात जनाले ज्यान गुमाए भने दुई जना अझै सम्पर्कविहीन छन् ।

यो पनि पढ्नुहोस्

रुसी तेल किन्नका लागि स्वतन्त्र

रुसी तेल किन्नका लागि स्वतन्त्र

३ घण्टा अगाडि
इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने

सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक