सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको विनिमय हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको विनिमय हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा लिई नेपाल आउने बाटो खुला गरेको छ ।

राजपत्रका सूचना प्रकाशित गर्दै सरकारले हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकार पत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउने गरी व्यवस्था गरेको हो ।

यसअघि भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउथे । अन्य मुलुकका पर्यटकको हकमा भने यसअघि पनि ५ हजार डलरको सुविधा उपलब्ध थियो । सो भन्दा बढी ल्याउनु परेमा भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने समेत सूचनामा उल्लेख छ ।

विदेशबाट फर्केका नेपाली यात्रुको हकमा भने यसअघि र नयाँ प्रावधानमा परिवर्तन भएको छैन ।

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कँदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको प्रयोग गरेको लुगाफाटो, घर गृहस्थीका पुराना सामान र औषधिमा महसुल लाग्दैन ।

आफूले प्रयोग गरेका ट्याबलेट, ल्यापटप वा डेस्कटप, घडी, क्यामरा, भिडियो क्यामरा र फोन एक एक थान समेत महसुल नतिरि ल्याउन सकिने प्रावधान राखिएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा एक थान नयाँ मोबाइल ल्याउन पाउँछन् ।

१२ महिना लगातार वैदेशिक रोजगारी गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत नेपाली नागरिकले ल्याएको जुनसुकै आकारको टेलिभिजन एक थान समेत महसुल नतिरी ल्याउन सकिन्छ । कोषमा सूचीकृत नभएका कामदारले भने ३२ इन्चसम्मको मात्र टेलिभिजन ल्याउन पाउँछन् ।

सुनको हकमा के छ प्रावधान ?

सूचनामा सुनको हकमा भन्सार महसुल ऐन २०८१ को अनुसूची ४ को प्रकरण एक बमोजिम तोकिएको मात्रामा सुन र सुनका गहना ल्याउने उल्लेख गरेको छ । सो ऐन अनुसार पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ । सुनको गहनाको हकमा पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्दैन । सो भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनसुार महसुल लाग्छ ।

दोस्रो सीमा भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनसुार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्ने समेत ऐनमा उल्लेख छ ।

तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता वस्तुलाई भने गहनाको मान्यता नदिइने ऐनको प्रावधान छ । तोकिएको मात्रा भन्दा बढी सुन वा गहना ल्याएमा भने जफत हुने ऐनको प्रावधान छ ।

विदेशी यात्रुले साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चााँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार कार्यालयमा घोषणा गरेमा त्यस्तो गहनाको मूल्यको २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने छ । त्यसरी ल्याएको गहना यात्रु फर्कँदा भन्सार कार्यालयमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ । त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गणुस्तर तथा परिमाण भएमा भन्सार सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने प्रावधान छ ।

भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रलुे आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्छन् ।

हेर्नुहोस् सूची :

 

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा

५१ मिनेट अगाडि
आज देशभरि नागपञ्चमी

आज देशभरि नागपञ्चमी

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक