सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्क सङ्कटग्रस्त घोषणा

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
१२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्क सङ्कटग्रस्त घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बबई (बर्दिया)। गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टीका योगीले आफ्नो जग्गा बिक्रीबापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्कमा बचत राख्नुभयो ।

त्यतिबेलासम्म कर्णाली विकास बैङ्क सहज तरिकाले सञ्चालन भइरहेको थियो । टीका योगीले पैसा राखेको केही महिना नबित्दै २०८१ पुस १० गते नेपाल राष्ट्र बैङ्कले कर्णाली विकास बैङ्कलाई सङ्कटग्रस्त घोषणा गरी आफ्नो नियन्त्रणमा लियो । त्यसपछि बल्ल सर्वसाधारणले बैङ्क खतरामा रहेको थाहा पाए ।

राष्ट्र बैङ्कले नियन्त्रणमा लिएको कर्णाली विकास बैङ्कले महिनाको तीन पटक निक्षेप कर्तालाई पाँच हजारका दरले रकम भुक्तानी दिन थालेपछि अहिले ४२ डिग्री तापक्रममा पनि मानिस बैङ्क धाउन बाध्य भएका छन् ।

आफूले जग्गा बेचेर बैङ्कमा राखेको पैसा १२ गते निकाल्न आउँदा योगीले पैसा पाउनुभएन । राष्ट्र बैङ्कको नियन्त्रणमा पुगेको कर्णालीको व्यवस्थापन अझै सुदृढ हुन

सकेको छैन भने टीका जस्ता सयौँ निक्षेप सङ्कलनकर्ता यतिबेला बिचल्लीमा परेर बैङ्क धाइरहेका छन् । बर्दिया मात्र हैन बाँकेको नेपालगन्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैङ्कको दाङ, बाँके, बर्दियाका १९ वटा शाखामा अहिले दैनिक मानिस आफ्नो निक्षेप फिर्ताका लागि धाउन थालेका छन् ।

बारबर्दिया नगरपालिका–१० का मिकीलाल थारूले भन्नुभयो, “पैसा झिक्न आउँदा बैङ्क डुबिसकेको थाहा भयो, अहिले पाँच हजार भए पनि लिनुपर्ने अवस्था छ ।” गुलरिया नगरपालिका–१२ निवासी अब्दुल बारीले तराईमा बढ्दो गर्मीसँगै अहिले मानिसहरू आफ्नो निक्षेप फिर्ता पाइन्छ कि भनेर दिनदिनै बैङ्क धाउने गरेको जनाउनुभयो । राष्ट्र बैङ्कका अनुसार कर्णाली विकास बैङ्क अहिले पनि एक अर्ब ३३ करोड घाटामा रहेको देखिन्छ ।

कर्णाली विकास बैङ्कका प्रवक्ता विष्णुकुमार विश्वकर्माले अनुगमनका क्रममा विगतदेखि नै कर्णाली विकास बैङ्क धराशायी बन्दै गएको भन्दै यसअघि पनि बैङ्कका अध्यक्ष राजेन्द्रवीर राय र निर्देशक दिनेश रावतलाई पाँच/पाँच लाख जरिबाना तिराएर बर्खास्त गरेको जनाउनुभयो । हाल रायलाई पक्राउ गरिएको छ ।

बैङ्कको निक्षेप सङ्कलन चार अर्ब ५० करोड देखिन्छ भने कर्जा लगानीतर्फ हेर्दा दुई अर्ब लगानी र ८० करोड ब्याज उठ्न बाँकी देखिन्छ । कर्णाली विकास बैङ्कको बर्दियामा मात्र गुलरिया, मधुवन, राजापुर, भुरिगाउँ र बाँसगढी गरी पाँच वटा शाखा सञ्चालनमा छन् ।

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक