बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स आयो

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
एक महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स आयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विदेशिएका नेपालीले पठाएको रेमिट्यान्सले फेरि कीर्तिमान कायम भएकाे छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत वैशाखमा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । यसअघि धेरै रेमिट्यान्स गत फागुनमा १ खर्ब ५१ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्समार्फत १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३.२ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको वैशाखसम्ममा रेमिट्यान्स १६.९ प्रतिशतले बढेको थियो ।

युवा बाहिरिने क्रम बढेकाले रेमिट्यान्स आप्रवाह पनि बढेको अर्थविद् एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्नुले पनि रेमिट्यान्समा वृद्धि देखिएको उनको धारणा छ ।

१० महिनाकाे अवधिमा वैदेशिक रोजगारीका लागि ६ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएका छन् । ४ लाख ५ हजार ६१० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ लाख ९ हजार ७ सय ५ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए । सो अवधिमा ३ लाख ७३ हजार ३ सय ७ ले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र २ लाख ३६ हजार ३ सय ९८ ले पुनः श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति बढेसँगै रेमिट्यान्स पनि वृद्धि भएको जानकारको भनाइ छ ।

एक दशकको तथ्यांक हेर्दा पनि हरेक वर्ष रेमिट्यान्स बढेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा सवा ६ खर्ब रेमिट्यान्स आएकामा २०७७/७८ सम्म आइपुग्दा ९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएकामा २०८०/८१ मा १४ खर्ब ४५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

निर्यात, पर्यटन, विदेशी लगानीलगायत विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमा अपेक्षित सुधार नहुँदा पनि रेमिट्यान्स लगातार बढ्दा समग्र अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै गएको छ । राष्ट्र बैंकको गत वैशाखको आर्थिक तथा वित्तीय प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति, शोधनान्तर, चालु खातालगायत बाह्य सूचक बलियो बन्दै गएको देखाएको हो ।

तर रेमिट्यान्स बढ्यो भनेर मात्र खुसी हुन नहुने अर्थविद्हरू बताउँछन् । अर्थतन्त्र चलायमान बनाउन कुनै प्रयास नगरी रेमिट्यान्स बढ्यो भनेर सरकार आत्मरतिमा रमाइरहेको अर्थविद् थापाको भनाइ छ । ‘अर्थतन्त्रको बाह्य क्षेत्र थप मजबुत बनेको छ । यो हाम्रो कारणले होइन । विदेशी अर्थतन्त्र राम्रो भएकाले रेमिट्यान्स बढेको हो,’ उनले भने, ‘रेमिट्यान्सबाहेक अर्थतन्त्रका अरू कुनै सूचक राम्रा छैनन् ।’ धेरैभन्दा धेरै युवा रोजगारीका लागि बाहिरिनु राम्रो नभएको उनले बताए । ‘१० महिनामा मात्र ७ लाख युवाले देश छोडेका छन् । यो राम्रो संकेत होइन,’ उनले भने ।

१० महिनाको तथ्यांकले अर्थतन्त्र बाहिरबाट राम्रो देखिए पनि भित्रभित्र खराब अवस्था संकेत गरेको थापाले बताए । ‘मासिक प्रतिवेदनले अर्थतन्त्रमा आएको गतिरोध अझै समाप्त भएको छैन भन्ने देखाउँछ । मूल्यदर घटेको घट्यै छ । समग्र मागमा सुधार आउन नसक्दा मूल्य बढ्न नसकेको हो । मूल्य वृद्धिदर झनै घटेर तीन प्रतिशतभन्दा तल छ ।

यसले मागमा कुनै सुधार नआएको देखाएको छ,’ थापाले भने, ‘तीन तहका सरकारले बैंकमा ३ खर्ब ६० अर्ब मौज्दात राखेको देखिन्छ । कर तथा ऋणमार्फत सरकारले बजारबाट पैसा झिक्यो तर त्यो पैसा अर्थतन्त्रमा पठाएन । यसो हुँदा नागरिकको आय नबढेकाले बजार माग बढ्न सकेको छैन ।’

उक्त अवधिमा ब्याजदरमा भने कुनै परिवर्तन आएको छैन । कुल कर्जाको वृद्धिदर ५.४ प्रतिशतमा सीमित छ । गत वर्ष कुल कर्जाको वृद्धिदर ६ प्रतिशत थियो । यद्यपि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ८ प्रतिशत छ । यसले समग्र मागमा कुनै सुधार नआएको र त्यसका लागि सरकारले उचित पहल नभएको देखाउने जानकार बताउँछन् । राजस्वको वृद्धिदर पनि गत वर्षकै हाराहारीमा छ, बढ्न सकेको छैन । लक्ष्यअनुसार राजस्व संकलन नहुनु पनि अर्थतन्त्र चलायमान बन्न नसकेको उल्लिखित तथ्यांकले देखाउने थापाले जानकारी गराए ।

यस्तै, विदेशी मुद्रा सञ्चितिले ३२ महिनायता निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ । गत वैशाखमा यस्तो सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २३.१ प्रतिशतले बढेको हो । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । ‘यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेकामा गत वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षको १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कम्तीमा ७ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।

यस्तै, गत वैशाखसम्म चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले र शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले र शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा थिए । उच्च रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा कीर्तिमान बने पनि समग्र अर्थतन्त्र चलायमान छैन । पुँजीगत खर्च, राजस्व संकलन र विदेशी सहयोग तथा अनुदान संकलनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

सरकारले खर्च नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको जानकारहरू जनाउँछन् । गत वैशाखसम्म ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा थन्किएको छ । कुल आन्तरिक कर्जा वृद्धिदर ५.४ प्रतिशत मात्र छ । गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ८ प्रतिशत हाराहारीमा थियो । राज्यले खर्च नगरेकाले ढुकुटीमा मौज्दात थुप्रिए पनि सरकार निजी क्षेत्रको कर्जा ७.३ प्रतिशतले बढेकामा खुसी भएको जानकारको भनाइ छ । समष्टिगत आन्तरिक कर्जा विस्तारको वृद्धिदर नाजुक रहेको र यो नागरिकको हातमा पैसा छैन भन्ने स्पष्ट संकेत भएको उनीहरूको तर्क छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक