काठमाडाैं । गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । गायक स्वयमको अफिसियल युट्युब च्यानल थुमन शर्मा मार्फत भिडियो सार्वजनिक भएको हो ।
गीतमा शर्माकै स्वर, शब्द र संगीत रहेको छ । गीतको एरेन्ज मिक्सिङ्ग कुमार थापाले गरेका छन भने कोरस कुमार थापा र राम परियारको, बासुंरी रत्न विक, सारंगी धर्म गन्धर्व, गितार म्यान्डोलिन बिकास घतानी, ब्याक्राउन्ड स्कोर बिलन थापाको रहेको छ । लामो समयदेखि सांगीतिक यात्रामा निरन्तर पाईला चालिरहेका गायक शर्मा यो गीत र भिडियोबाट निकै आशावादी रहेको बताउछ्न । भिडियोलाई दिप गुरुङले निर्देशन गरेका छन भने कृस गुरुङ्र, लक्ष्मी गुरुङको अभिनय तथा नृत्यले भिडियोलाई थप उत्कृष्ट बनाएको गायक शर्माको भनाई छ ।
भिडियो छांयाकन विजय लामा, सम्पादन विष्णु तिमल्सिना,मेकअप हेमा गुरुङ्गको रहेको छ । सबैले गीतमा टिकटक भिडियो बनाईदिन र थुमन शर्मा युट्युब च्यानललाई सस्क्राइब, शेयर र लाईक गरि साथ सपोर्ट र माया गरिदिनका लागि पनि सम्पुर्ण भगवानरुपी दर्शकसंग आग्रह गरेका छन । भिडियो तलको लिन्क क्लिक गरेर हेर्नू होला: