२२ जेठ/काठमाडौँ -लाज शरणम् फिल्मले १०१ औ दिन पुरा गरेको छ अवसरमा सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयमा ट्रयाक सुज, झोला,वाटर बोटल लगायतका शैक्षिक सामग्री वितरण गरेको छ।
लाज शरणम् फिल्म निमार्ण समुहले जेठ २३ गते शुक्रबार सिन्धुपाल्चोकको श्री बालकल्याण आधारभूत विद्यालयमा ३७ जना बिद्यार्थीहरुलाई ट्रयाक सुज, झोला,वाटर बोटल लगायतका शैक्षिक सामग्री वितरण गरेको जानकारी दिएको छ।
लाज शरणम् चलचित्रको १०१ औँ दिनमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाएकोमा गौरवान्वित महसुस गरेको फिल्म निर्माता नविन श्रेष्ठको समुहले धारणा व्यक्त गरेको छ।
आयुष्मा गिरी/प्रकाश कपाली


