बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सर्लाही। पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहटको सीमामा पर्ने बागमती पुलमा  राति कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सर्लाहीतर्फको भागमा बागमती नगरपालिका–११, मा भएको दुर्घटनामा मोटरसाइकल चालक बागमती पुलपारी रौतहटको चन्द्रपुर नगरपालिका–१, पौराहीका २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो । योन्जनलाई  राति ९ बजेतिर सर्लाहीको कर्मैयाबाट प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकलले घरतर्फ फर्कदै गर्दा बागमती पुलमा पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जनाउनुभयो ।

राति बागमती पुलमा दुर्घटना भएको जानकारी पाएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले गम्भीर अवस्थामा रहेका मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागि मोडेल अस्पताल बागमती ल्याएको थियो । मोटरसाइकल चालक योन्जनलाई यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।

मोटरसाइकललाई ठक्कर दिने कन्टेनर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–५, का ३८ वर्षीय ओमबहादुर लो लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीमा केही दिनदेखि श्रृङ्खलावद्धरुपमा भइरहेका सवारी दुर्घटनामा मानिसको मृत्यु भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार जेठ ५ गतेदेखि रातिसम्मको अवधिमा जिल्लाभर भएका बेग्लाबेग्लै दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुने धेरैजसो मोटरसाइकल चालक रहेका छन् ।

तीव्र गति, लापरवाही, सडकको खराब अवस्था र मदिरा सेवन गरेर सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिनुभयो । बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने भन्दै ट्राफिक प्रहरीले  बिहान सदरमुकाम मलङ्गवामा औपचारिक कार्यक्रम गरेर ट्राफिक सचेतना सप्ताह सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक