काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पानीपोखरीस्थित लाईफ क्युइस्ट क्लिनिक ल्याब प्रालिबीच छुट सम्झौता भएको छ ।
साे सम्झौता अनुरूप सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले लाईफ क्युइस्ट क्लिनिक ल्याब मा २० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएकाे छ ।
यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४ ‘को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंकले ६१ जिल्लाका २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।