शुक्र, असार २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालका हिमालको सुन्दरताबारे संसारलाई देखाउन आवश्यक छ : डिपी अर्याल

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
नेपालका हिमालको सुन्दरताबारे संसारलाई देखाउन आवश्यक छ : डिपी अर्याल

रास्वपाका कार्यवाहक सभापति अर्याल – प्रतिक्रिया काठमाडौँ, २१ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी बुधबार अवलोकनपश्चात् प्रतिक्रिया दिनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणामुखी सहयोग, समन्वय र सहकार्य आवश्यकता रहेको जनाएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विश्वभरका पर्यटकले जीवनमा एक पटक हेर्न र पुग्न पाए हुन्थ्यो भन्ने स्थान र सम्पदालाई राससले तस्बिरमार्फत चिनाउने प्रयास गरेको जनाए ।

कार्यवाहक अध्यक्ष अर्यालले भने, “नेपालका यस्ता अमूल्य निधिलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउने जिम्मा पर्यटन बोर्डको भएकाले उसले अलि बढी चासो दिएर प्रचारप्रसार गर्नुपर्छ ।

कार्यवाहक अध्यक्ष अर्यालले भने, “आँखाले त हिमाल सुन्दर देखिने भइहाल्यो, हाम्रा प्राकृतिक सम्पदालाई संसारलाई देखाउन पर्यटन व्यवसायका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका बीच समन्वय र सहकार्य आवश्यक छ ।”

देशका नीति निर्माण तहमा रहेकालाई प्रदर्शनीको अवलोकन गराएर पर्यटन प्रबद्र्धन अभियानलाई सार्थक तुल्याउन राससलाई सुझाव दिँदै उनले भने,“हाम्रा हिमाल, पहाड र तराईका आआफ्नै खाले विशेषता र महत्व छन् । देशको आयआर्जनमा सम्भावना रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने दायित्व हामी सबैको हो । पर्वतीय पर्यटन प्रबद्धनमा सहयोग पु¥याउने उद्देश्यले गरिएको तस्बिर प्रदशनीका राससलाई धन्यवाद छ ।”

सोही पार्टीका सांसद हरि ढकालले प्रकृतिको उपहारमध्ये विशाल हिमाल पर्वतशृङ्खला भएकाले नेपाललाई ज्ञान भूमि र तपोभूमि भनिएको प्रतिक्रिया दिए ।

उनले भने, “हामीलाई प्राप्त प्रकृतिको उपहारमध्ये उच्च पर्वतीय विरासत एकदमै रोचक छ, यसले संसारभरका सहासिक पर्यटकको आशा र भविष्यको विरासत बोकेको छ, यसलाई जोगाउँदै लाभान्वित हुनु सक्नुपर्दछ ।”

विश्व तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको उल्लेख गर्दै सांसद ढकालले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर अवलोकनबाट आनन्दित मात्र नभई ‘क्लिक’ गराउने काम समेत भएको प्रतिक्रिया दिए ।

गणतन्त्र दिवसका उपलक्ष्यमा रासस केन्द्रीय कार्यालयमा राखिएको तस्बिर प्रदर्शनी अवलोकनका क्रममा आज उनीहरू आएका हुन् ।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

५ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक