शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीडीओ खटाउनका लागि गृहमन्त्री रमेश लेखकले कार्यविधि लत्त्याइयाे

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शक्तिशाली सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउनका लागि गृहमन्त्री रमेश लेखकले कार्यविधि लत्त्याइरहेको पाइएको छ ।

गृहमन्त्री लेखकले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९’लाई लत्त्याएर शक्तिशाली सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारीमा खटाइरहेको पाइएको हो ।

कार्यविधिको भाग ६ को ‘पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार’ शीर्षकको दफा (२) को उपदफा (१) ‘घ’ ‘क’वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारी भइरहेको अधिकृतलाई तत्काल ‘क’ वर्गको अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइने छैन’ भन्ने वाक्यांश उल्लेख छ ।

तर यस्तो कार्यविधि विपरीत सरुवा हुने सहसचिवमा गणेश अर्याल, धर्मेन्द्र मिश्र र इन्द्रदेव आचार्य छन् । यी सबै ‘क’ वर्गको जिल्लाबाट अर्को ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका हुन् । अर्याल रुपन्देहीबाट पर्सा, मिश्र कैलालीबाट सुनसरी र यादव चितवनबाट मोरङमा सरुवा भएका हुन् ।

रुपन्देहीबाट सरुवा भएर पर्सा पुगेका अर्याल २०८१ कात्तिक १२ गते पर्साको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए । उनी अहिलेसम्म त्यही कार्यरत छन् ।

त्यस्तै मिश्र कैलालीबाट सरुवा भएर ०८१ पुस २६ गते सुनसरीको प्रमुख जिल्ला अधिकारीमा हाजिर भएका थिए । उनी अहिलेसम्म त्यही कार्यरत छन् । यादव चितवनबाट सरुवा भएर मोरङ पुगेका यादवले ०८१ पुस २४ गते मोरङमा प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर गरेका थिए ।

कार्यविधिमा ‘क’ वर्गका जिल्ला भनेर यकिन गरिएका जिल्ला:

CDO ranking

त्यस्तै कार्यविधिको भाग ६ को ‘पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने प्रयोजनको लागि जिल्लाको वर्गीकरण र आधार’ शीर्षकको दफा (२) को उपदफा (१) (क) मा ‘राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रूपमा खटाउँदा अनुसूची बमोजिम ‘ख’ वा ‘ग’ वर्गको जिल्लामा खटाइनेछ’ भन्ने उल्लेख छ ।

तर, दुई शक्तिशाली सहसचिव त्यो प्रावधान लत्त्याएर पहिलो पटक नै ‘क’ वर्गको जिल्लामा पोस्टिङ भएका छन् । सहसचिवमा प्रतिस्पर्धामा नाम निकालेका धर्मराज जोशीको पहिलो पोस्टिङ नै बाँके जिल्लामा भएको छ । बाँके ‘क’ वर्गको जिल्ला हो । जोशी लेखक गृहमन्त्री भएको केही समय निजी सचिव भएर पनि काम गरेका थिए ।

त्यस्तै अर्का शक्तिशाली सहसचिव पौडेलले पहिलो पोस्टिङ नै चितवन पाएका छन् । अहिले गृह मन्त्रालयमा अतिरिक्त समूहमा दर्जनभन्दा बढी सहसचिव छन् । ती मध्येका एक सहसचिवले शक्तिशालीले कार्यविधि लत्त्याएर पनि राम्रा जिल्ला पाइरहेको तर आफूलाई जिम्मेवारी दिउँ न त भन्दा पनि नपाएको गुनासो गरे ।

उनका अनुसार, ‘यहाँ के कार्यविधि चल्नु, सोर्सफोर्स नै चल्छ । नेताका दाहिना सहसचिवले ‘क’ बाट ‘क’मा प्रमुख जिल्ला अधिकारी पड्काइरहेका छन् । हामी जिम्मेवारी लेऊ न त भन्दा पनि दुई महिनादेखि बरन्डामा थन्किएका छौँ ।’

यसबारे मन्त्रालयका सम्बन्धित अधिकारीले प्रतिक्रिया दिन चाहेकाे छैन ।

यो पनि पढ्नुहोस्

गगन थापालाई राजीनामा नदिन आग्रह

गगन थापालाई राजीनामा नदिन आग्रह

१२ घण्टा अगाडि
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक