काठमाडौं । राजसंस्था पक्षधरहरूले मंगलबार काठमाडाैं सिफलमा प्रदर्शन गर्ने भएका छन्।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार बेलुका विज्ञप्ति जारी गर्दै मंगलबार आन्दोलन सिफल चौरमा दिउँसो २ बजेदेखि सुरु हुने जानकारी गराएको छ।
राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित उनीहरूले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।
साेमबार भने उनीहरूले कुनै आन्दोलनको कार्यक्रम राखेका थिएनन्।