काठमाडाैं । दक्षिण एसियाकै क्रान्तिकारी आशा र भरोसाको केन्द्र बन्दै गइरहेको भाकपा (माओवादी) को बलिदानीपूर्ण संघर्षले फासिवादी मोदीको दिल्लीदरबार पूरै हल्लिएको छ । ऊ यति बेला अत्तालिँदै भारतीय न्यायप्रेमी श्रमजीवी जनताको रगत घटघटी पिउन उद्यत छ, जसको पछिल्लो दृष्टान्त २१ मेमा उसले घटाएको प्रायोजित हत्याकाण्ड भएकाे अर्काे माेर्चाले प्रेस विज्ञप्ती मार्फत जनाइएकाे छ ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कमरेड नम्बाला केशव राव ।।।बसवराज’ सहित २७ जना कमरेडहरूको कथित ।।।अपरेसन कगार’ को नाममा २१ मे २०२५, (२०८२ जेठ ७) मा भारतीय सरकारद्वारा गरिएको कायरतापूर्ण र नृशंस हत्याले हामीलाई स्तब्ध र क्षुब्ध बनाएको छ । अर्को मोर्चा यस हत्याकाण्डमा साहसिक सहादत प्राप्त गर्नुहुने कमरेड बसवराजलगायत सम्पूर्ण कमरेडहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ तथा मोदी सरकारको यो फासिवादी कायरतापूर्ण हर्कतको घोर निन्दा गर्दछ ।
साथै, यो दुःखद क्षणमा भारतीय उत्पीडित तथा श्रमजीवी जनता र शोक सन्तप्त पार्टी पब्क्ति तथा सम्बन्धित परिवारजनप्रति गहिरो समवेदना छ । हामी यस घडीमा मालेमावादी आलोकमा विश्व कम्युनिस्ट आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता पनि जाहेर गर्दछौँ ।
समाचार स्रोतहरूका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमीत शाहको ठाडो निर्देशनमा महासचिव कमरेड बसवराजसहित पीएलजीएका २७ जना योद्धाहरूको कायरतापूर्ण हत्या गरिएको थियो । भारतीय सरकार र भाकपा (माओवादी) का बिच शान्ति छलफलको वातावरण बन्दै जानु तथा अर्कोतिर दिल्लीको ठाडो निर्देशनमा अत्यन्त षड्यन्त्रपूर्वक हत्याकाण्ड मच्चाउनुले नरेन्द्र मोदीको क्रूर र कालो अनुहार छर्लब्ग हुन्छ ।
भारतीय प्रधानमन्त्री र गृहमन्त्रीले माओवादी मुक्त भारत’ भन्दै जनहत्याको शृब्खला २०२६ मार्च ३१ सम्म जारी रहने घोषणा गरिनु पनि भारतीय माओवादी उसको भयानक षड्यन्त्रलाई नै पुष्टि गर्दछ । तत्कालीन महासचिव कमरेड चारु मजुमदारको गिरफ्तारी र हत्यापछिको यो पछिल्लो पीडादायी कडी हो ।
हामीलाई विश्वास छ, जबसम्म भारतमा अन्याय, अत्याचार, शोषण, उत्पीडन, लुट, दमन र जनहत्याको शृब्खला रहिरहन्छ; तबसम्म श्रमजीवी तथा उत्पीडित जनसमुदायको वास्तविक मुक्तिमार्ग माओवादी जनयुद्ध पनि जारी रहनेछ ।