काठमाडाैं ।एशियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० गोलकाे अन्तरले पराजित हुन बाध्य भएकाे छ ।
साेमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए तापनि दोस्रो हाफमा भने नेपाल सम्हालिन नसक्दा थाइल्यान्डसित दोस्रो हाफमा २ गाेल खान बाध्य भएकाे छ । कडा टक्कर दिएकाे नेपाली टाेलीलाइ थाइल्यान्डले ५९औं मिनेटमा फ्रिकिकमार्फत गाेल गरेकाे थियाे ।
करिब ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो । त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल खान बाध्य भयाे । खेलमा नेपालले राम्राे अवसरकाे सदुपयाेग गर्न नक्दा एक गाेल समेत गर्न सकेन
यस भन्दा सम्पन्न क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १–० गाेल अन्तरले पराजित भएको थियो ।
नेपालले अर्को महिना एएफसी महिला एशियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलङ्काको सामना गर्नेछ ।
चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एशियन कप खेल्ने सुर्वण अवसर पाउने छ ।