बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँच वर्षअघि सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
पाँच वर्षअघि सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हिले। धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ । नगरपालिका तथा प्रदेश सरकारले गरेको एक करोड रुपियाँभन्दा बढीको लगानी बालुवामा पानी झैँ भएको छ । नगर र प्रदेश सरकार मिलेर एक करोड ३२ लाख रुपियाँ खर्च गरिएको पाख्रिवासको कफी योजनामा अहिले न बिरुवा बाँकी छ, न त पूर्वाधार नै काम लाग्ने अवस्थामा छन् ।

यो कार्यक्रम २०७७ सालमा तत्कालीन नगरप्रमुख वृषबहादुर राईका पालामा सुरु गरिएको थियो । नगरपालिकाले झन्डै ३२ लाख रुपियाँ अनुसन्धान, बिरुवा उत्पादन, नमुना कफी बगान र अन्य तयारीमा खर्च गरेको थियो । प्रदेश सरकारबाट आएको एक करोड रुपियाँ कफी प्रशोधन भवन, हाइटेक नर्सरी र पहुँचमार्ग निर्माणमा प्रयोग गरिएको थियो ।

तथापि अहिले करिब पाँच लाख बिरुवा झाडीमा परिणत भएको छ । ६० रोपनीमा लगाइएको नमुना कफी बगान नष्ट भइसकेको छ । कफी प्रशोधनका लागि निर्माण गरिएको भवन र हाइटेक नर्सरी तोडफोड हुँदा कामै नलाग्ने अवस्थामा पुगेको छ । धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो आशाका साथ सुरु गरेका कार्यक्रममध्ये कफी कार्यक्रम एक हो । पूरै पालिकालाई कफीमय बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम पालिकाको नेतृत्व परिवर्तन भएसँगै जीर्ण अवस्थामा छ । पुरानो नेतृत्वले अघि बढाएको काममा नयाँ नेतृत्वले अपनत्व ग्रहण  नगर्दा एक करोड ३२ लाख रुपियाँ स्वाहा भएको छ ।

कफी कार्यक्रम अघि बढाउन तथा हुर्किएका बिरुवा व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि वर्तमान जनप्रतिनिधिले बेवास्ता गरेको पाख्रिबास नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष सीताराम राई बताउनुहुन्छ । बिक्री गर्ने अवस्थाका करिब पाँच लाख बिरुवा काम नलाग्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

तत्कालीन प्रमुख राईले पूर्वाधार निर्माणका लागि पालिकालाई चार रोपनी जग्गा दिएर भवन तथा हाइटेक नर्सरी निर्माण गरिएको थियो । त्यस्तै नमुना बगान प्रमुख राईकै बारीमा बनाइएको आरोप तथा यो कार्यक्रममा भ्रष्टाचार भएको भन्दै २०७९ सालमा अख्तियारमा उजुरी पर्‍यो ।

त्यसै वर्ष ज्ञानबहादुर गुरुङ प्रमुखमा निर्वाचित भएपछि नयाँ नेतृत्वले यो योजनाको मुद्दा अख्तियारमा परेको भन्दै कुनै पनि काम अघि बढाएन । त्यस्तै कफीका लागि तयार गरिएको पूर्वाधारलगायतको पालिकाको सम्पत्ति संरक्षणमा समेत पालिकाले अहिलेसम्म चासो देखाएको छैन । जसले गर्दा अहिले सबै पूर्वाधार जीर्ण अवस्थामा छन् ।

कफी प्रशोधन भवनका लागि बनेको भवनका झ्यालढोका फुटिसकेका छन् । भवन बन्द गरेर पालिकाले चाबीसम्म लगाएको छैन । यता हाइटेक नर्सरीमा प्रयोग हुने धेरै संरचना भत्किइसकेका छन् । अन्य पूर्वाधारमा समेत धेरै क्षति पुगिसकेको छ ।

पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ अख्तियारमा उजुरी परेकाले आफूहरूले हात नहालेको बताउनुहुन्छ । “यो हामी आउनुभन्दा पहिले सुरु भएको योजना हो पछि यो योजनाबारे अख्तियारमा उजुरी पर्‍यो । उजुरी परेको काममा हामीले हात हालेनौँ,” गुरुङ भन्नुहुन्छ । अख्तियारले मुद्दाको छिनोफानो नगरेका कारण समस्या भएको भन्दै उहाँले अख्तियारले यो मुद्दा चाँडो टुङ्ग्याइदिए काम गर्न सजिलो हुने दाबी गर्नुभयो ।

यता अख्तियारले भने उजुरी परे पनि अख्तियारले काम अघि बढाउन नरोकेको जनाएको छ । अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले अख्तियारमा उजुरी परे पनि आफूहरूले काम रोक्न नभनेको, पत्राचार नगरेको बताउनुहुन्छ । “हामीले उहाँहरूलाई काम रोक्न पत्राचार गरेको छैनौँ उहाँहरूले काम अघि बढाउन सक्नुहुन्छ,” थपलियाले भन्नुभयो ।

निवर्तमान प्रमुख वृषबहादुर राईले भने यो योजना बाँझो जमिनमा कफी खेती बढाउने उद्देश्यले सुरु गरिएको र यसले समग्र पालिकालाई फाइदा पुग्ने भएकाले यो कार्यलाई निरन्तरता दिनुपर्ने माग राख्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक