बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली सेना र भारतीय सेनाद्वारा सगरमाथाको संयुक्त आरोहण सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
नेपाली सेना र भारतीय सेनाद्वारा सगरमाथाको संयुक्त आरोहण सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को आज जङ्गी अड्डामा आयोजित झण्डा हस्तान्तरण समारोहमा उहाँले सो आरोहणले दुई राष्ट्रका सेनाबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन मद्दत गर्ने जनाउनुभयो ।

विगतमा नेपाली सेना र भारतीय सेनाद्वारा सन् २००३ र सन् २०१३ मा सगरमाथाको संयुक्त आरोहण सम्पन्न भएको थियो । कञ्चनजङ्घा आरोहण भने संयुक्त सेनाको पहिलो पटक हो । नेपाली सेना र भारतीय सेनाले कञ्चनजङ्घा शिखर आरोहणमा विस्तृत योजनासहित अटुट अनुशासन, अदम्य साहस, संकल्प र उच्चस्तरको समन्वयमार्फत कठिन चुनौती पार गर्दै सहकार्य र मित्रताको अद्धितीय उदाहरण प्रस्तुत गरेको जनाउनुभयो ।

उहाँले आरोहण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आरोहण दलका सदस्यलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा आरोहण दलका टिम लिडरबाट रक्षामन्त्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापासमक्ष आरोहणको झन्डा हस्तान्तरण गरिएको थियो ।

युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले संयुक्त आरोहणबारे संक्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा भारतीयसेनाका प्रतिनिधिमण्डलका प्रमुख लेफ्टीनेन्ट जनरल अजय रामदेवले समेत आरोहण दललाई बधाइ दिँदै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाका १० र भारतीय सेनाका पाँच गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो । उक्त अभियानको विसं २०८१ चैत्र २१ गते भारतको नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितीमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणका सदस्य, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका प्रतिनिधि, अधिकृत तथा सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

९ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक