बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुल्मी जिल्लामा पहिरोले एकै परिवारका १० जनाले ज्यान गुमाए

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
गुल्मी जिल्लामा पहिरोले एकै परिवारका १० जनाले ज्यान गुमाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रेसुङ्गा (गुल्मी)। मालिका गाउँपालिका–६, अर्जेका भेषबहादुर विकसहित उहाँका श्रीमती, बुहारी र दुई नातिनीको त्यो रातको निद्रा नै चिर निद्रा भयो । गत वर्ष असार १५ गते राति निदाएका उनीहरू कोही पनि ब्युँझिएनन् । राति खसेको पहिरोले एकै घरका पाँच जनाले ज्यान गुमाउनु पर्‍यो । पहिरोको जोखिमबाट बच्न १५ वर्षअघि सजिलो ठाउँ खोजेर घर बनाएकै ठाउँमा पहिरोले परिवार सकेको भेषबहादुरका छोरा विमल परियारले जनाउनुभयो ।

त्यस्तै २०७६ साउन ६ गते पहिरोमा परेर सत्यवती गाउँपालिका–४, लिम्घाको भिरकुना र वडा नम्बर ३ को लुम्पेकमा १२ जनाले ज्यान गुमाए । घरमाथिको डाँडाबाट खसेको पहिरोले मस्त निद्रामा रहेका भिरकुनाका कोही पनि ब्युँझिन पाएनन् । पहिरोले छलीदेवी विक, सिवानी विक, पम्फा विक, हेमन्त विक, निर्मला विक, सुमन विक, तारा विक, अञ्जली विकलगायतको ज्यान लग्यो ।

मुसिकोट नगरपालिका–१, थाम बिसौनामा २०६४ र २०८१ सालमा एकै ठाउँ गएका दुई पहिरोले एकै परिवारका १० जनाले ज्यान गुमाउनु पर्‍यो । पहिरोले घर पुरेपछि २०६४ भदौ ६ गते एकै परिवारका चोकबहादुर विक, रुन्नती विक, अमृता विक, कृष्ण विक र सुरज विकसँगै छिमेकी डल्ली विक र मुना विकले समेत ज्यान गुमाउनु पर्‍यो । सोही ठाउँमा गत वर्ष साउन २२ गते फेरि पहिरो गएपछि चार जनाले ज्यान गुमाए । २०६४ सालको पहिरोमा बाँचेका पनि २०८१ सालमा बँचेनन् । स्थानीय चोकबहादुर विकका अनुसार पहिरोमा हुकुमबहादुर विक, गोरे विक, मसुरी विक र रियान्स विकको ज्यान गएको थियो ।

विसं २०७८ असोज ५ मा सदरमुकाम तम्घासकै नजिक पनि पहिरोले घर पुरिँदा दलित परिवारका तीन जनाले ज्यान गुमाए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारूले अविरल वर्षाका कारण राति १ बजे बारीको ढिस्का खसेर घरभित्र पसेपछि रेसुङ्गा नगरपालिका–८, खानीगाउँका तिलक परियारका जुम्ल्याहा छोरी १४ वर्षीय गङ्गा परियार र जमुना परियार तथा २१ वर्षीय छोरी भावना परियारले ज्यान गुमाएको जानकारी दिनुभयो ।

जिल्लाका दर्जनौँ बस्ती भौगोलिक रूपमा अप्ठ्यारो र पहिरोको जोखिममा छन् । गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङका धनबहादुर विकले पहिरोको जोखिमका कारण घर छोडेर हिँड्नु पर्‍यो । उहाँले अहिले पनि बर्सात सुरु भएकाले आङमा घाम नलागेको गुनासो गर्नुभयो । मालिका गाउँपालिका–१, का कर्णबहादुर पुनको घर नजिकैबाट पहिरो गएपछि अहिलेसम्म जोखिम छ । मालिका गाउँपालिका १ र २ का करिब ४० दलित घरपरिवार पहिरोको जोखिममा छन् ।  यो वर्ष मौसमविद्हरूले धेरै पानी पर्ने प्रक्षेपण गरेका छन् ।

गुल्मीका १६४ स्थान बाढी र पहिरोको जोखिममा छन् । गुल्मी पहिरो र आगलागीको उच्च जोखिममा रहेको जिल्ला हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ मा उल्लेख भए अनुसार जिल्लामा ४० स्थान बाढी र १२४ स्थान पहिरोको जोखिममा छन् । बेलाबखतमा पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति भए पनि सरकारले जोखिम न्यूनीकरणका लागि ठोस योजना कार्यान्वयन गर्न सकिरहेको छैन ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यालय प्रमुखको बैठक र विपत् व्यवस्थापन समितिको बैठकबाट प्रतिकार्य योजनाका लागि आवश्यक सूचना माग भएकाले केही समयमा तयार गरेर कार्यान्वयन गरिने जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

८ मिनेट अगाडि
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कृषिउपजको थोक मूल्य निर्धारण

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था

मतदाताका घरघरमा मत माग्न पुगे

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक