शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

कैलालीमा व्यावसायिक स्याउ खेती सफल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कैलालीमा व्यावसायिक स्याउ  खेती सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोडाघोडी (कैलाली)। उच्च पहाडी र हिमाली हावापानीमा फल्ने स्याउको तराईमा नै व्यावसायिक खेती गरेर गोकर्ण ओलीले मनग्गे आम्दानी लिन थाल्नुभएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ का ओलीले व्यावसायिक स्याउ खेती गरेर आम्दानी गर्न थाल्नुभएको हो । उहाँको बारीमा फलेका स्याउ अहिले पाक्न थालेका छन् । त्यति मात्र होइन बेर्नाको मागसमेत बढ्दै गएको छ ।

ओली भन्नुहुन्छ, “पाँच वर्षसम्म बोट हुर्काउन लाग्यो । त्यसबाट आम्दानी लिन नपाए पनि बेर्ना बेचेर आम्दानी गर्ने गरेको छु । गएको एक वर्षमा स्याउका बेर्ना बेचेरै छ लाख ८० हजार रुपियाँ आम्दानी भयो । बेर्नाको माग धेरै राम्रो छ, माग अनुसार पुर्‍याउनै सकेको छैन ।” उहाँले प्रतिबेर्ना तीन सय रुपियाँका दरले बेच्ने गरेको जनाउनुभयो ।

फलेका स्याउको भने आम्दानी थोरै छ । फागुनदेखि फुल्न सुरु गरेको स्याउ असारसम्म खानका लागि तयार हुन्छन् । ओलीका बारीमा स्याउ फल्न थालेको तीन वर्ष भयो तर उहाँ अहिले फलबाट लाभ लिनेभन्दा पनि बोट हुर्काउनमै व्यस्त हुनुहुन्छ ।

ओलीले २०७८ सालदेखि तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती सुरु गर्नुभएको हो । आफूले लगाएको दुई वर्षमा नै स्याउ फल्न थालेको उहाँले बताउनुभयो । उहाँको बारीमा स्याउ फलेपछि अन्य किसानसमेत आकर्षित हुन थालेका छन् । त्यसैले उहाँले अहिले स्याउका बोट हुर्काउँदै बेर्ना तयार गरेर आम्दानी लिन थाल्नुभएको हो ।

४८ डिग्री सेल्सियस तापक्रमको हावापानीमा पनि हुने एचआरएमएन (हर्मन) ९९ जातको स्याउको बोट भारतबाट ल्याएर ओलीले खेती गर्नुभएको हो । भारतको उत्तर प्रदेश हरियाणा, पन्जाबलगायतका ठाउँमा व्यावसायिक स्याउ खेती हुने गरेको उल्लेख गर्दै ओलीले भन्नुभयो, “मैले हिमाञ्चल प्रदेशको विशालपुर जिल्लाबाट बिरुवा ल्याएर खेती गरेको हुँ ।” आफैँले बेर्ना तयार गर्ने ओलीले रुटका लागि नेपालको जुम्लामा फल्ने स्याउको हाँगा प्रयोग गर्नु पर्छ । रुटको समस्याले गर्दा बेर्ना धेरै उत्पादन गर्न नसकेको उहाँ बताउनुहुन्छ । पालिकाले बेर्ना किनेर किसानलाई अनुदानमा दिने प्रचलनले पनि ओलीकोमा स्याउका बेर्नाको माग बढेको हो । स्याउका बेर्ना लिन किसान ओलीकै बारीमा पुग्ने गर्छन् ।

स्याउका बिरुवाले पाँच वर्ष पुगेपछि पूर्ण उत्पादन दिन सुरु गर्छन् । ओलीले एउटा बोटले ५० किलोदेखि ८० किलोसम्म उत्पादन दिने बताउनुभयो । तराईमा पानी जम्ने हुँदा वर्षामा अलि समस्या हुने उल्लेख गर्दै ओलीले भविष्यमा कैलालीको चुरे क्षेत्रमा व्यावसायिक खेती बढाउने योजना रहेको सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

स्थानीय वायुको समेत आंशिक प्रभाव

१ घण्टा अगाडि
सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक