बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतका लडाकु विमान खसालिएको दाबीबारे जवाफ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
भारतका लडाकु विमान खसालिएको दाबीबारे जवाफ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिंगापुर । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले पाकिस्तानसँग मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान खसालिएको दाबीबारे जवाफ दिएका छन्।

शनिबार ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा जनरल चौहानले भने, ‘विमान खसालियो कि खसालिएन भन्ने कुरा भन्दा पनि त्यो किन भयो भन्ने कुरा महत्त्वपूर्ण हो ।’ यद्यपि, उनले पाकिस्तानले भारतका छ वटा विमानमा क्षति पुर्‍याएको दाबीलाई पूर्णतः अस्वीकार गरे।

उनले भने, ‘मलाई लाग्छ मुख्य कुरा यो होइन कि जेट खसालिए, तर त्यो किन खसालिए भन्ने हो।’ उनले खसालिएका विमानको संख्याबारे भने कुनै स्पष्ट जानकारी दिएनन्।

जनरल चौहान आयोजित साङ्ग्रिला संवादमा सहभागी हुन सिंगापुरमा छन्, त्यहीँ उनले ब्लूमबर्गलाई यो अन्तर्वार्ता दिएका हुन्।
यसअघि यही महिनाको सुरुवातमा तीनै सेनाका प्रतिनिधिहरूले संयुक्त पत्रकार सम्मेलन गरेका थिए, जहाँ एयर मार्सल ए.के. भारतीले भनेका थिए, ‘हामी युद्धको अवस्थामा छौँ र क्षति त्यस्तो परिस्थितिको एउटा हिस्सा हो।’
पाकिस्तानले बारम्बार युद्धको क्रममा भारतका एकभन्दा बढी लडाकु विमान खसालेको दाबी गर्दै आएको छ, तर भारतले भने यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ।

के भने चौहानले ?

अन्तर्वार्तामा ब्लूमबर्ग टिभीकी पत्रकारले जनरल चौहानलाई सोध्छिन् – पाकिस्तानले भारतीय वायुसेनाका एकभन्दा बढी विमान खसालेको दाबी गरेको छ, के तपाईं त्यसको पुष्टि गर्न सक्नुहुन्छ?

यसको जवाफमा जनरल अनिल चौहानले भने, ‘महत्त्वपूर्ण कुरा यो होइन कि विमान खस्यो कि खसेन, महत्त्वपूर्ण कुरा यो हो कि त्यो किन भयो।’

त्यसपछि पत्रकारले फेरि प्रश्न गर्दै भनिन्, ‘कम्तीमा एक विमान त खसेको थियो, के यो सही हो?’

यसमा जनरल चौहानले भने, ‘राम्रो कुरा यो हो कि हामीले आफ्ना रणनीति गल्तीहरू बुझ्यौँ, सुधार्‍यौँ र दुई दिनमै लागू पनि गर्‍यौँ। त्यसपछि हामीले सबै विमान उडायौँ र लामो दूरीका लक्ष्यहरूमा प्रहार गर्‍यौँ।’

पत्रकारले पुनः प्रश्न गरिन्, ‘पाकिस्तानको दाबी छ कि उसले भारतका छ वटा लडाकु विमान खसाल्न सफल भएको थियो, के त्यो मूल्यांकन सही हो?’

यसको जवाफमा जनरल अनिल चौहानले भने, ‘त्यो पूर्ण रूपमा गलत हो। तर जस्तो मैले भने, यो जानकारी खासै महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के हो भने विमान किन खसे र त्यसपछि हामीले के गर्‍यौँ। त्यो नै हाम्रो लागि महत्त्वपूर्ण छ।’

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

६ घण्टा अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक