सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बूढीगण्डकी जलविद्युत आयोजनाको ओली सरकारले ‘हत्या’ गरेकाे आराेप

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशमा पठन संस्कृति लोभ भयो, कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : पूर्वप्रधानमन्त्री भट्टराई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिने बूढीगण्डकी जलविद्युत आयोजनाको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘हत्या’ गरेको आरोप लगाएका छन् ।

शनिबार बिहान फेसबुकमार्फत एक टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले हालै सार्वजनिक गरिएको २०८२/८३ को बजेटमा गरिएको व्यवस्थाले बूढीगण्डकी जलविद्युत आयोजनाको पूरै घाँटी छिनालिएको टिप्पणी गरेका हुन् ।

उनले बजेटको बुँदा २२४ लाई उद्धृत गर्दै उक्त आयोजना अब ‘सार्वजनिक निजी साझेदारी (पीपीपी)’ मा निर्माण गरिने घोषणा गरिएकोप्रति कडा आपत्ति जनाएका छन् ।

‘अन्ततः राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ,’ उनले लेखेका छन्, ‘२०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले पूरै घाँटी छिनालेको छ ।’

आयोजनालाई देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि ‘गेमचेन्जर’ आयोजनाको रूपमा चित्रण गर्दै भट्टराईले बजेटमा उक्त आयोजना बारे गरिएको व्यवस्थाको भर्त्सना र विरोध गरेका छन् । ‘यो देश र जनतामाथि अक्षम्य अपराध र धोका हो,’ डा. भट्टराईले भनेका छन्, ‘म यो सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु ।’

आयोजनाबाट प्रभावित गोरखा र धादिङका स्थानीयवासीहरूको पीडामा भट्टराईले पूर्णरूपमा ऐक्यबद्ध रहेको उल्लेख गरेका छन् । ‘भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आउनुभएका जनताप्रति पूर्ण सहानुभूति व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

भट्टराईले उक्त योजनाको परिकल्पनाकारको रूपमा प्रभावित क्षेत्रका जनतासँगै सबै सचेत नागरिकहरूलाई यस ‘राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णय’ को सशक्त प्रतिवाद गर्न अपिल गरेका छन् ।’

यसअघि डा. भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकीलाई जलाशययुक्त ठूला आयोजनाको मोडलमा अघि बढाउने नीति ल्याएको थियो। तर विगत केही वर्षयता आयोजनाको मोडालिटीबारे असमझदारी, विवाद र राजनीतिक हस्तक्षेपका कारण यसले गति लिन सकेको छैन । नयाँ बजेटमार्फत यसलाई सार्वजनिक-निजी साझेदारीमा लैजाने सरकारको निर्णयले अब यसको भविष्य थप अन्योलमा परेको उनको टिप्पणी छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न

७ घण्टा अगाडि
भारतले जमिन मिचेको देखाउनुपर्ने माग

भारतले जमिन मिचेको देखाउनुपर्ने माग

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक