बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहमन्त्रीमाथि हुनसक्ने अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
गृहमन्त्रीमाथि हुनसक्ने अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि समेत हुनसक्ने सम्भावित अनुसन्धानलाई नै हस्तक्षेप गर्ने प्रयास गरेका छन् । अख्तियारका पदाधिकारीहरुले नै आपत्ति जनाएपछि त्यो प्रयास विफल भएको हो ।

प्रहरीको मानवस्रोत विकास विभागले शुक्रबार एक विज्ञप्ति निकालेको थियो । विज्ञप्ति अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक(डीआईजी) हिमालय श्रेष्ठलाई त्यहाँबाट उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको उल्लेख छ ।

रानीपोखरीमा कार्यरत अर्का डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएको कारण देखाई श्रेष्ठको सरुवा भएको थियो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, गत मंगलबार (१३ जेठ)को गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी श्रेष्ठको सरुवा भएको थियो ।

अख्तियारमा कार्यरत निजामती वा कर्मचारीहरु सरुवा गर्दा अख्तियार प्रमुखको अनुमति लिने अभ्यास छ । अख्तियारकै प्रमुखको स्वीकृतिमा मात्रै कुनै कर्मचारीलाई त्यहाँ पदस्थापन गरिन्छ भने प्रमुखकै अनुमतिमा मात्रै त्यहाँबाट अन्यत्र सरुवा गर्ने अभ्यास छ । तर मंगलबार डीआईजी श्रेष्ठका बारेमा निर्णय गर्दा गृहमन्त्री लेखकले अख्तियार प्रमुखसँग सरसल्लाह गरेका थिएनन् ।

‘यहाँ कार्यरत प्रहरी टोलीले नै भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेको छ र प्रहरी महाशाखाबाट त्यसको समन्वय भइरहेको छ, त्यसलाई प्रभावित पार्ने गरी महाशाखा प्रमुख नै सरुवा गरेपछि प्रमुखले असन्तुष्टि प्रकट गर्नुभएको हो’ अख्तियार स्रोतले भन्यो, ‘त्यसपछि निर्णय सच्याएर उहाँलाई फेरि अख्तियारकै जिम्मेवारीमा यथावत् राखिएको हो ।’

प्रहरीकै मानव स्रोत विभागले शुक्रबार दोस्रो विज्ञप्ति सार्वजनिक गर्‍यो । उक्त विज्ञप्तिमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी हिमालय श्रेष्ठलाई अख्तियारमा पदस्थापन गरिएको उल्लेख थियो ।

त्यही दिन अख्तियारमा कार्यरत अर्का डीआईजी ओमबहादुर रानालाई अख्तियारबाट रानीपोखरीमा सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार, शुक्रबार नै गृहमन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठ र रानाको फेरि सरुवा भएको हो ।

अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धानलाई प्रभावित पार्ने गरी यसरी पूर्वसहमति विना सरुवा गरेको ठिक भएन भन्ने अख्तियार प्रमुखको आपत्तिपछि गृहमन्त्रीले निर्णय सच्याउनुभएको हो ।’

शुक्रबार नै प्रहरीले तेस्रो विज्ञप्ति पनि सार्वजनिक गरेको थियो । जहाँ अख्तियारका डीआईजी सरुवाबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा प्रश्न उठाएपछि यथार्थ त्यस्तो नभएको दाबी थियो । प्रहरीले विज्ञप्तिमा डीआईजी श्रेष्ठ अख्तियारकै दरबन्दीमा रहेको भनी विज्ञप्तिमा उल्लेख गरेको छ ।

आफू पनि अनुसन्धानको दायरामा पर्नसक्ने जोखिम देखेपछि गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमाथि अनुसन्धान गरिरहेको अख्तियारको टोलीबारे चासो राखेका थिए । साेहीक्रममा सूचना संकलन र समन्वयमा डीआईजी श्रेष्ठको समेत भूमिका रहेको गोप्य सूचना लिक भएपछि गृहमन्त्री लेखकले उनको सरुवा गरेका थिए ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

३ घण्टा अगाडि
कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक