काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य सामान्यले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो ।