काठमाडौं । राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको १८ औं वसन्त लागेकाे छ । देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।
प्रत्येक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं बञ्चित हुने गरेका छन् ।
जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरुको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिर बाट पनि सर्वसाधारणलाई भिभिआइपीको गणतन्त्र हेर्न समेत दिइदैन ।




