काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू चाँडै फर्कने जनाएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू चाँडै बाहिर निस्किने जनाएका हुन् ।
उनले नेपाल र नेपाली जनतामाथि अपराधीहरुले गणतन्त्रको नाममा गरेको अत्याचार, भ्रष्टाचार, तस्करी, विरुद्ध बोली रहने र लडिरहने जनाएका छन् ।
उनले आफू चाँडै नै बाहिर आउने बताउँदै नेपाल र नेपालीहरुका लागि सबै त्यागिसकेको जनाए ।
उनले भनेका छन्,’अब म चाँडै बाहिर आउँदै छु। प्रतिक्षा गर्नुहोस्। मैले त सबै त्यागिसके नेपाल र नेपालीहरुका लागि। अब त उठ्नुहोस्। कति सुत्नुहुन्छरु नेपाल आमा रोहिरहेको बेला । यो लडाइँ सत्ता र शक्तिको होइनस यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो। हामीले सुतेर बिताएको हरेक क्षणमा नेपालीहरुले रुदै रुदै देश छोडी रहेछन्न । ब्युझनु होस तपाईं हामी ब्युझन ढिला भयो भने देश सबै रित्तो हुनेछ । नेपाल र नेपालीको अस्थित्व साँच्चिनै विलय भएर सकिने छ ।’