काठमाडौं । गोरखा, धार्चे गाउँपालिका-१ हुलचोक बस्ने ५२ वर्षीय राजु घलेको कच्ची घरमा मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
धनकुटा, महालक्ष्मी नगरपालिका-१ कटहरे बस्ने खड्क बहादुर कटुवालको घरमा विद्युत सर्ट भई बुधबार दिउसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-५ घापागार बस्ने धिरेन्द्र कुमार कुसारीको कच्ची घरमा बुधबार दिउसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।