महोत्तरी । बर्दिबास नगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीलाई देख्नासाथ ब्रहमस्थान चोकबाट वनपतचोकतर्फ जाँदै गरेको प्रदेश.२-०२-००१प ४२३९ नम्बरको मोटरसाइकल छाडी मोटरसाइकलमा सवार व्यक्ति फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला तलासी उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।