काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले पाउँदै आएको पिएसओ (निजी सुरक्षा अधिकृत) सुविधा सरकारले खाेसिएकाे छ ।
राजा फर्काउने आन्दोलनमा होमिएको पार्टीका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको पिएसओ हटाएको जानकारी गराएकाे छ । प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राप्रपाका सांसदहरुले पाइरहेको उक्त सुविधा सरकारले खोसेको जनाए ।
सशस्त्र मुख्यालय स्रोतले भने पिएसओ हेरफेर मात्र गर्न लागेको बताएको छ । ज्ञानबहादुरहरुको पिएसओ फिर्ता बोलाएको स्वीकार गर्दै स्रोतले भन्यो, ‘हेरफेरको समय भएको छ, अहिलेसम्म खटिंदै आएकालाई दुई चार दिनअघि बोलाएका हौँ, अब नयाँलाई पठाउँछौँ, यो सामान्य प्रक्रिया हो ।’