आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजामा हुनुपर्ने गरिमा छैन : विश्व हिन्दु महासंघ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
राजामा हुनुपर्ने  गरिमा छैन : विश्व हिन्दु महासंघ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजावादीहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ ।

जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा रहेकाे छ ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको लक्ष्य अनुसार जेठ १५ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा जनाए अनुसार, ‘हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ । चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।’

जेठ १५ गते हुन लागेको प्रदर्शनको विषयमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका थिए ।

‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ,’ शाहीकालमा मन्त्री समेत बनेका थापाले भनेका थिए, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ।’ हृदयेन्द्र ज्ञानेन्द्रका नाती र पारस शाहका छोरा हुन् ।

के हो ‘बेबी किङ’ ?

गणतन्त्र स्थापना अघि गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा ‘बेबी किङ’को धारणा चर्चामा थियो ।

त्यतिबेला शताब्दी पुरानो राजसंस्था फाल्दा सेनाले विद्रोह गर्न सक्ने भएकाले ज्ञानेन्द्र शाहको कुनै सन्तानलाई राजाको रुपमा राखिराख्ने भन्ने प्रस्तावमाथि प्रमुख राजनीतिक दलका शीर्ष तहमा छलफल चलेको थियो ।

तत्कालीन प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले बाह्रखरीसँगको कुराकानीमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवालले ‘बेबी किङ’को प्रस्ताव ल्याएको बताएका छन् । गिरिजाले अन्तर्राष्ट्रिय पत्रकारहरुसँगको एक भेटमा ‘बेबी किङको लागि लचक छौं’ भनिदिएको चालिसेले बताएका छन् । यो कुरा प्रधानमन्त्रीको सचिवालयले राजाको सचिव सागर तिमल्सिना मार्फत् राजासम्म पुर्‍याएको तर राजाले नै नमानेको प्रसंग पनि चालिसेले सुनाएका छन् ।

रातोपाटीसँगको भिडियो कुराकानीमा माधव नेपालले भने भारतीय एक व्यक्तिले आफूसँग ‘बेबी किङ’को प्रस्ताव ल्याएको तर आफूले अस्वीकार गरिदिएको बताएका छन् । त्यसपछि ती प्रस्तावकर्ता गिरिजा र शेरबहादुर देउवाकहाँ पुगेर त्यही कुरा राखेको नेपालको भनाइ छ ।

अहिले कमल थापाले हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएर दुई दशकभन्दा अघि भएको ‘बेबी किङ’को बहसलाई सम्झाएका छन् ।

‘राजा र धर्मबीच फरक’

राजावादीहरुले राजसंस्था र हिन्दु राज्य पुनरस्थापनाको एजेण्डासहित आन्दोलन गरिरहेका बखत  विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. अधिकारीले भने त्यसमा विमति जनाएका छन् ।

राजा र धर्म फरक विषय भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीले राजालाई धर्मसँग जोड्दैनौं, राजा राजनीतिक विषय हो, समय क्रममा स्थापित–विस्थापित हुनसक्छ तर धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय हो । यो निरन्तर चलिरहन्छ ।’

उनले थप लेखेका छन्, ‘हामी घोर दक्षिणपन्थी र उग्रवामपन्थी कुनै पनि धार तिर झुक्दैनौं । मध्यमार्गी लोकतान्त्रिक मूलधार नै हाम्रो मूलबाटो हो । धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र हाम्रो लक्ष्य हो ।’

आन्दोलनमा आउने जोखिमको भागीदार स्वयं हुनुपर्छ

उनले राजावादीहरुको आन्दोलनमा स्वेच्छाले सहभागी हुनेहरुलाई रोक नलगाउने तर जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्ने स्पष्ट पारेका छन् ।

अधिकारीले लेखेका छन्, ‘स्वेच्छाले व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन चाहने जो कोही होस् व्यक्तिगत स्वतन्त्रता हनन् नहुने गरी हामी आन्दोलनमा सहभागी हुन चाहने जो कोहीलाई रोक लगाउँदैनौं । तर आन्दोलनमा जाँदा भैपरि आउने जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्ने छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ ६ गतेको एक सार्वजनिक कार्यक्रममा जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना गरेरै छाड्ने जनाएका थिए ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

५ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक