काठमाडौं । काठमाडौं जिल्ला अदालतमा सोमबारबाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी रहेकाे छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु गरेका थिए ।
सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ ।
जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको हाे । सरकारी वकिलको कार्यालयले उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन गरेको छ ।