शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाजामा ३० जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
गाजामा ३० जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको पछिल्लो हवाइ आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । आइतबार गाजापट्टिको जबालिया क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी पनि छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ । नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ यता गाजामा २२० जना पत्रकारहरू इजरायली हमलामा मारिएको तथ्यांक छ ।
इजरायली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इजरायली सैनिकहरूलाई भेटेर गाजाको युद्ध अन्त्य नभएको जनाएका थिए । उनले हमासका कमान्ड सेन्टर अधिकांश ध्वस्त पारिएको पनि बताएका थिए ।

‘हामी बन्धकहरूलाई घर ल्याउन, हमासलाई ध्वस्त पार्न हामीसँग भएका सबै उपकरण प्रयोग गर्नेछौं,’ जामिरले भनेका छन् । इजरायलक हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी मारिएको बताएको छ । उसले गाजामा ठूलो संख्यामा नागरिकहरू मारिएको र यस्तो अवस्थालाई अन्त्य गर्न तत्काल युद्धविराको विकल्प नरहेको भनेको छ ।गाजाबाट सञ्चालित मिडियाहरूले गाजापट्टिका ७७ प्रतिशत भूभाग इजरायली सेनाले कब्जा गरेको बताएको छ ।

उनीहरुले जमिनबाट पनि बमबारी गर्दै घरहरू ध्वस्त पारेको र त्यहाँबाट मानिसहरूलाई विस्थापित गरेको बताएको छ । हमास र इस्लामिक जिहादको सशस्त्र शाखाले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर गाजाका धेरै क्षेत्रहरूमा कार्यरत इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरिएको बताएको छ ।

गाजामा युद्धविरामका लागि पहल भइरहेको भए पनि ठोस परिणाम आउन सकेको छैन । यसअघि ४२ दिने युद्धविरामताका एक सयको हाराहारीमा बन्धकहरूलाई हमासले रिहा गरेको थियो । अझै ५० भन्दा बढी मानिसहरू हमासको बन्धकमा छन् । ती मध्ये केहीको मृत्यु भइसकेको आकलन छ ।

यो पनि पढ्नुहोस्

काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

२ दिन अगाडि
मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक