काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउदै निजामती कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केहि प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थीत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् ।