शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशको स्वाधीनताका पक्षमा दृढ भएर लाग्ने पार्टी एमाले हाे : प्रम

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
देशको स्वाधीनताका पक्षमा दृढ भएर लाग्ने पार्टी एमाले हाे : प्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने जनाउनुभएको छ।

नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गर्नुभएको हो।

“तपाईंहरु पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो। निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन। मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन। अर्को निर्वाचन पनि आउँछ। त्यसकारण तपाईँहरुले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो। देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो। एमाले देशको नायक पार्टी हो। तथाकथित वामपन्थीहरु एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरु चकनाचुर बनाएर अगाडि बढेका छौँ।”

प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिस्ट भनेर पार्टी एकता गरेपछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी विदेशीको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण हो भन्नुभयो।

“उनीहरु खासमा कम्युनिस्ट थिएनन्। उनीहरुले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन्। अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरुले भन्दा हाम्रा कतिपय साथी हो कि भन्ने गलत बुझाइमा पर्छन्।”, अध्यक्ष ओलीले भन्नुभयो, “कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो। त्यसको पछि लाग्ने माधव नेपाल र झलनाथ खनाल हुन्। माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारीरुपमा चलाउन सकेनन्। पछिसम्म पार्टी चाँहि कब्जामा लिएर बस्न खोजे। हामीले निकम्बा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्तालाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन्। देशी विदेशी प्रक्रियावादीले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन। यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ।”

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्व सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उहाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गर्नुभयो। अध्यक्ष ओलीले प्रतिगामीले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिनुभयो। अहिले भ्रष्टाचारी र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) ले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरु पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गर्नुभयो।

“माओवादीको आतंकको छायाँमा हामीले २०६४ हारेको हो। अब न २०६४ साल आउँछ, न माओवादी आउँछ। यो मुलुकमा एमाले नै मजबुत पार्टी हो। एमालेले आफ्नो यो पहिचान चिन्नुपर्यो। हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामर्थय छ। त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ। पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ का लागि जुटौँ।”

यो पनि पढ्नुहोस्

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा

नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा

२० घण्टा अगाडि
सत्ता गठबन्धन फेरिने संकेत !

सत्ता गठबन्धन फेरिने संकेत !

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक