आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’मा संयुक्त सुझाव पेस

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’मा संयुक्त सुझाव पेस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको सरकारी सेवा प्रणालीलाई आधुनिक, समावेशी र डिजिटल बनाउने उद्देश्यले सरकारले सार्वजनिक गरेको ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’मा सूचना प्रविधिमा संलग्न तीन संस्थाले संयुक्त सुझाव पेस गरेका छन् ।

इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट), कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र ( सीएसआरआई नेपाल)को संयुक्त टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेललाई रणनीतिक सुझावसहितको दस्तावेज बुझाएको हो ।

डिजिटल शासनको संस्थागत संरचना, प्रविधि तथा नियामक संरचना, डिजिटल सेवा प्रवर्द्धन, डिजिटल साक्षरता र सीप विकास, मापदण्ड र कार्यान्वयन मार्गनिर्देशिका, अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी अनुगमन तथा मूल्यांकन प्रणाली रहेको छ ।

इन्फर्मेसन सेक्युरिटी रेस्पन्स टिमका अध्यक्ष डा. राजीव सुब्बाका अनुसार यी सुझावहरूले डिजिटल नेपाल फ्रेमवर्कलाई थप स्पष्ट, सुरक्षित र प्रभावकारी बनाउनेछन् । उनले डाटा गोपनीयता, साइबर सुरक्षा मापदण्ड कडा बनाउने, इलेक्ट्रोनिक कारोबार ऐन र दण्ड संहितालाई अद्यावधिक गर्ने, डाटा स्वामित्व र साझेदारी स्पष्ट गर्ने र प्रभावकारी डाटा व्यवस्थापन संयन्त्र विकास गर्नुपर्ने कुरामा जोड दिए ।

प्रस्तावित सुझावमा सबै सरकारी सेवामा ‘डिजिटल बाइ डिफल्ट’ सिद्धान्त लागु गर्ने, केन्द्रीय डिजिटल पूर्वाधार प्लेटफर्म निर्माण गरी लागत घटाउने, ग्रामीण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने र ‘वन सिटिजन–वन ड्यासबोर्ड’ प्रणाली स्थापना गर्ने उल्लेख छ । साथै, राष्ट्रिय परिचयपत्र तथा डिजिटल हस्ताक्षरलाई प्रमाणीकरणको आधार बनाउने र नागरिक एपलाई सेवा सुपरस्ट्रक्चरका रूपमा विकास गर्ने कुरामा समेत जोड दिइएको छ ।

क्यान महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सबै मन्त्रालयमा सूचना प्रविधि इकाइ स्थापना गरी समन्वय र अनुगमन सुदृढ बनाउने, नियमित नीति पुनरावलोकन गर्ने र कार्य सम्पादनको सार्वजनिक ड्यासबोर्ड निर्माण गर्ने सुझाव दिएका छन् ।

सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले हरित सूचना प्रविधि, वातावरणमैत्री अभ्यास, बहुभाषिक सेवा र समावेशी प्रविधिमा जोड दिनुपर्ने बताएका छन् । उनले सरकारको डिजिटल नेपाल निर्माणको प्रयासलाई तीन संस्थाको सुझावले मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

सरकारद्वारा सार्वजनिक मस्यौदा रणनीति अहिले छलफलको चरणमा रहेको छ र यसमा सरोकारवालाबाट प्राप्त सुझावमार्फत नीति अझ प्रभावकारी र व्यवहारिक हुने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

५३ मिनेट अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा आज सामान्य वृद्धि

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

एमालेबाट १६ सांसदको नाम टुंगो

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक