शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मेयर बालेनलाई कसरी जवाफ फर्काउने पीएम ओली ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

२९ मिनेट अगाडि
नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

३१ मिनेट अगाडि
-निमकान्त पाण्डे

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको हालको तनावले नेपालको राजनीतिक र सामाजिक वृत्तमा ठूलो तरंग ल्याएको छ । बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै लेखेका छन्, ‘माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ ।’ यो अभिव्यक्तिले ओलीको नेतृत्व र सरकारमाथि गम्भीर प्रश्न उठाएको छ । बालेनको यो भनाइ केवल व्यक्तिगत आलोचनामा सीमित नभई नेपालको समग्र शासन प्रणाली, भ्रष्टाचार र सुशासनको मुद्दासँग जोडिएको छ । यस्तो अवस्थामा, प्रधानमन्त्री ओलीले बालेनको आलोचनालाई कसरी सम्बोधन गर्ने र उनको जवाफले कस्तो सन्देश दिने भन्ने कुरा महत्वपूर्ण छ ।

बालेनको यो टिप्पणी प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको तयारी बैठकमा उनको अनुपस्थितिको आलोचना गरेपछि आएको हो । ओलीले बालेनलाई सरकारी कार्यक्रममा नबोलाउने निर्देशन दिएपछि बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो अडान स्पष्ट पारेका हुन् । उनले भ्रष्टाचारविरुद्ध लड्न खोज्दा देशका सबै पार्टीहरू भ्रष्टाचारी जोगाउन लागिपरेको आरोप लगाएका छन् । बालेनको यो भनाइले उनको भ्रष्टाचारप्रतिको असहिष्णुता र सुशासनप्रतिको प्रतिबद्धतालाई उजागर गर्छ । तर, यसले ओलीको नेतृत्वमाथि गम्भीर प्रश्न पनि उठाएको छ– के ओलीले वास्तवमै भ्रष्ट प्रणालीको संरक्षण गरिरहेका छन् ?

ओली नेपालको राजनीतिमा लामो समयदेखि प्रभावशाली व्यक्तित्व हुन् । उनको नेतृत्वमा नेकपा (एमाले) ले २०७४ को निर्वाचनमा ठूलो जनादेश प्राप्त गरेको थियो, र उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेका थिए । तर, उनको कार्यकालमा भ्रष्टाचार, नीतिगत अनियमितता र सुशासनको अभावको आरोप बारम्बार लाग्दै आएको छ । उदाहरणका लागि, वाइडबडी विमान खरिद प्रकरण र गिरिबन्धु टी–इस्टेट जस्ता विवादहरूमा ओलीको मौनता र छानबिन समितिहरूको प्रभावहीनताले उनको सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । बालेनले यस्तै प्रणालीलाई ‘भ्रष्ट’ भनेर आलोचना गरेका हुन् । र यो ओलीका लागि आत्मसमीक्षाको अवसर हो ।

बालेन काठमाडौं महानगरपालिकाको मेयरका रूपमा युवा पुस्ताको आशा र अपेक्षाको प्रतीक बनेका छन् । उनले भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन्, जस्तै नदी किनारको अतिक्रमण हटाउने र फोहोर व्यवस्थापनमा सुधार ल्याउने प्रयास । यी कार्यहरूले उनलाई जनतामाझ लोकप्रिय बनाएको छ, तर सत्तारूढ दलहरू र खासगरी एमालेसँग उनको टकराव बढाएको छ ।

ओली आफू र आफ्ना निर्णयको आलोचना मन पराउँदैनन्, कसैले प्रश्न गरेको चित्त बुझाउँदैनन् । त्यही कारण उनले पार्टीमा गरेका कतिपय निर्णयमा प्रश्न गर्ने एमालेका नेताहरुलाई स्पष्टीकरणको डण्डा चलाएका छन् । भीम रावल त पार्टीबाट नै निष्काशित भएका छन् । ओलीलाई मन पर्छ त केवल चाकडी । त्यही कारण उनी आफ्नो निकट रहेका र स्तुतिगान गर्ने नेता तथा कार्यकर्तालाई काखी च्याप्छन् । प्रश्न गर्नेमाथि इख साध्छन् र उसको करियर सिध्याउन लागिपर्छन् भन्ने आरोप छ । अहिले बालेनसँगको तनावका कारण पनि यिनै हुन् । बालेनले पनि लगातार रुपमा ओली नेतृत्वको सरकार, स्वयं ओलीको गतिविधिमा प्रश्न उठाउँदै आएका छन् । आफ्ना योजनालाई सरकारले सहयोग नगरेको, कार्यान्वयनमा बाधा पु¥याउँदै आएको आरोप बालेनले लगाउँदै आएका छन् । काठमाडौंका नदी किनारका सुकुम्बासीको व्यवस्थापन होस् वा पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतको विषय, ओलीले हस्तक्षेप र असहयोग गर्दा आफूले काम गर्न नसकेको आरोप बालेनले लगाउँदै आएका छन् । यसलाई ओलीले भने आफ्नो विरोधका रुपमा लिँदै इख साध्ने गरेको आरोप छ ।

अहिले प्रधानमन्त्री ओलीसामु बालेनको आलोचनालाई सम्बोधन गर्ने दुईवटा बाटा छन्– रक्षात्मक वा रचनात्मक । रक्षात्मक जवाफले बालेनलाई व्यक्तिगत रूपमा आलोचना गर्ने वा उनको कार्यशैलीमाथि प्रश्न उठाउने बाटो लिन सक्छ । तर, यसले तनावलाई झनै बढाउनेछ र जनतामाझ ओलीको छविलाई थप कमजोर बनाउन सक्छ । बालेनका समर्थकहरूले सामाजिक सञ्जालमा ओलीविरुद्ध ‘अनफलो’ अभियान चलाएको घटनाले यो जोखिमलाई स्पष्ट पार्छ ।

रचनात्मक जवाफ भने ओलीका लागि अवसर हुन सक्छ । उनले बालेनको आलोचनालाई स्वीकार गर्दै भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता जनाउन सक्छन् । उदाहरणका लागि, उनले विगतका विवादित प्रकरणहरूमा स्वतन्त्र छानबिनको घोषणा गर्न सक्छन् वा सुशासनका लागि नयाँ नीति ल्याउन सक्छन् । साथै, बालेनसँग सहकार्यको प्रस्ताव राख्दै काठमाडौंको विकासमा संघीय सरकारको सहयोगको प्रतिबद्धता व्यक्त गर्न सक्छन् । यस्तो जवाफले ओलीको ‘केपी बा’ को छविलाई बलियो बनाउनेछ र युवा पुस्ताको विश्वास जित्न सहयोग गर्नेछ ।

अर्कोतर्फ बालेनको टिप्पणीले नेपालको शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । यो केवल ओली र बालेनबीचको व्यक्तिगत टकराव होइन, बरु सुशासन, पारदर्शिता र जवाफदेहिताको मुद्दासँग जोडिएको छ । ओलीले यो अवसरलाई बालेनको आलोचनालाई बेवास्ता गर्ने वा उनलाई जवाफ फर्काउने मौकाको रूपमा लिनुको सट्टा सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सहकार्यको हात बढाउनुपर्छ । अन्यथा, यो टकरावले जनताको निराशालाई मात्रै बढाउनेछ, आगे कमरेड केपी ओलीलाई चेतना भया ! जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

खसी तस्करीमा आएन कमी

सुनचाँदीकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक