काठमाडौं । टोखाको श्री भगवती क्लब सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएकाे छ ।
मंगलबार भएको निर्णायक खेलमा ब्वाइज युनियन क्लबलाई २-१ गोलले पराजित गर्दै भगवतीले शीर्ष डिभिजनमा बढुवा पक्का भएपछि साे उपलब्धी हासिल गर्न सफल भएकाे हो।
यसअघि प्लानिङ ब्वाइज युनाइटेडले शीर्ष डिभिजन आफ्नो स्थान बनाएको थियो। भगवतीको जितमा शिशिर लेखी र अजित लामाले एक एक गोल गरे। शिशिरले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए।
अजितले खेलको ३८औं मिनेटमा अग्रता दोब्बर बनाउँदा भगवती पहिलो हाफमा दबाब रहित बनेको थियो। ब्वाइज युनियनका लागि सन्जिव लामाले ७९ मिनेटमा गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो। याे जितपछि भगवतीले अन्तिम खेलअघि २६ अंक जोडेकाे छ। ब्वाइज युनियन अन्तिम खेलअघि १९ अंक जोडेर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएकाे छ । शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएकाे छ ।