सामाजिक संजालमा स्टाटस राख्दै बालेनले केपी ओलीको भ्रष्टाचारी सिष्टमलाई आफूले समर्थन गर्न नसक्ने बताएका हुन् । साथै उनले आफूले भ्रष्टाचार रोक्न खोज्दा भ्रष्टाचारी जोगाउँछु भन्नेहरुकै नाइकेको कार्यक्रममा म गैदिनु पर्ने भन्दै प्रश्न गरेका छन् ।
दिउँसो मात्रै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बालेन उपस्थित भएका थिएनन् । त्यसपछि केपी ओलीले अबदेखि बालेनलाई बैठकमा नबोलाउन र मुल समारोह समितिबाट बालेनको नाम काट्न निर्देशन दिएका थिए ।
तर बालेनको नामबाट संचालित यो फेसबुक पेज बालेनको आधिकारिक नभएको जनाईएको छ । बालेनले भने केही भनेका छैनन् ।