शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खानेपानी आयोजना पूरा भएसँगै स्वच्छ पानीको सहज पहुँच हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
खानेपानी आयोजना पूरा भएसँगै स्वच्छ पानीको सहज पहुँच हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको जनाएका छन्।

सुर्खेत शिवशक्तिधाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नम्बर १, २ र ३ मा रहेको सालकोट बृहत् खानेपानी आयोजनाको मंगलबार उद्घाटन गर्दै मन्त्री यादवले संविधानमा उल्लेख भएका जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार लागिपरेको जनाएका हुन्।

नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री यादवले भने,“खानेपानी आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ पानीको सहज पहुँच हुनेछ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ।”

खानेपानीमा जनताको पहुँच पुर्‍याउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तनलगायत कारणले नागरिकले सुक्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेकाले समाधानका लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको जनाए।

उनले भने,“यस पञ्चपुरी सालकोट बृहत् खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्षसम्मको खानेपानीको समस्या सामाधान गर्नेछ। सङ्घीय खानेपानी कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दिगो सञ्चालन हुने मैले विश्वास लिएको छु।”

सालकोट बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकामा धन्यवाद व्यक्त गरेका थिए। उनले आगामी दिनमा यस्तो सेवा अन्य वडामा पनि विस्तार गर्न माग गरे।

सालकोट बृहत् खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको तीन वडाका करिब दुई हजार ७७१ घरधुरीका कम्तीमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिए।

कार्यक्रममा सङ्घीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिज्ला अधिकारी जगदीश्वर उपाध्यायलगायत स्थानीयवासी एवं जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

१ घण्टा अगाडि
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक