बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
चीन डिजिटल निर्माणको कार्ययोजना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेइजिङ ।चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ।

योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवद्र्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ।

योजनाअनुसार तथ्याङ्क स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवद्र्धन गरिने ,एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिने, स्थान अनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गरिने र डिजिटल चीन निर्माणको समग्र स्तरलाई उल्लेखनीय रूपमा उकासिनेछ।

सन् २०२५ को अन्त्यसम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ। नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीय रूपमा बढाउने योजना छ।

योजनाले तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मूल्यवृद्धि देशको कूल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ। त्यस्तै एकीकृत तथ्याङ्क बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएसभन्दा माथि पुर्याकउने लक्ष्य पनि रहेको छ।

कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवद्र्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन्।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालु वर्षको पहिलो त्रैमासमा चीनको डिजिटल उद्योगले करिब आठ खर्ब ५० अर्ब युआन बराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव चार प्रतिशतले वढि  हो। यस वर्षको सरकारको प्रतिवेदनमा उत्पादन प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, उद्योगमा दक्षता र प्रविधिसहितको सेवा प्रदायकको विकास गर्ने र साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

१ दिन अगाडि
इरानद्वारा इजरायलसँग युद्धविरामको घोषणा

इरानद्वारा इजरायलसँग युद्धविरामको घोषणा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक