सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरीकाे ‘अपरेसन फोस्टर डेल्टा’ : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रहरीकाे ‘अपरेसन फोस्टर डेल्टा’ : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए । सोही गिरोहले ८ वर्षसम्म निरन्तर बजारमा किर्ते गरेर कागजात पठाएपछि अन्ततः प्रहरीको खोरमा पुगेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्मा कारखानामा खोलेर बसेका यी गिरोहहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाएर बिक्री वितरण गर्दै आएको सूचना नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पुग्याे। सूचना पुगेपछि  प्रहरीले बुधवार सो कारखानामा छापा हान्छ । छापा हान्ने क्रममा विभिन्न नक्कली कागजातसहित ती कागजात छपाई गर्ने मेसिनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन गाउँपालिका–१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छ्याङ्ढुङका २३ वर्षीया अन्जु खत्री रहेका छन् । जसमध्ये बयलकोटी तारकेश्वर देवीचोक बस्थिन भने खड्का बुढानीलकण्ठ बस्थे । त्यस्तै पक्राउ परेकी अन्जु खत्री चन्द्रागिरि दह चोक बस्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये बयलकोटी सो कारखानाकी सञ्चालक रहेको र अन्य २ जना भने त्यहाँ नक्कली कागजात बनाउनका लागि एडिट र डिजाइनको काम गर्ने कर्मचारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । बयलकोटीले उनीहरूलाई मासिक १०,००० देखि १५,००० रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये बयलकोटी सो कारखानाकी सञ्चालक रहेको र अन्य २ जना भने त्यहाँ नक्कली कागजात बनाउनका लागि एडिट र डिजाइनको काम गर्ने कर्मचारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । बयलकोटीले उनीहरुलाई मासिक १०,००० देखि १५,००० रुपैयाँसम्म तलब दिई कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र, जापान लगायत देशहरूमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्रदेखि अनुभव पत्रसम्म, बैंकबाट ऋण निकाल्नका लागि नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै विदेशमा बस्ने नेपाली नागरिकहरूलाई विदेशको पिआर तथा ग्रिन कार्डको आवेदन दिनका लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलङ्गा र वीर अस्पताल लगायतको नक्कली मेडिकल रिपोर्टदेखि भिजिट भिसाका लागि क वर्षका सबै बैँकको नक्कली स्टेटमेन्ट बनाइदिने गरेको प्रहरीले जनाएको छ ।

त्यति मात्रै नभएर उनीहरूले बनाएका विभिन्न सरकारी, गैरसरकारी, सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका ३ सय ५५ थान स्ट्याम्प समेत बरामद गरेको छ ।

उनीहरूका साथबाट प्रहरीले ४२ थान बसाइँ सराई प्रमाणपत्र, ६० थान चारित्रिक प्रमाणपत्र, ११० थान शैक्षिक प्राप्ताङ्क प्रमाणपत्र, ५ थान विवाह दर्ता प्रमाणपत्र, ५० थान प्रोभिज्नल सर्टिफिकेट, ६ थान नाता प्रमाणित प्रमाणपत्र, १० थान जग्गाधनी पुर्जा प्रमाणपत्र, १७ थान विभिन्न सहकारी संस्थाका लेटर प्याड, ७ थान वार्षिक आम्दानी प्रमाणीकरण पत्र, १७ थान विभिन्न कलर भएका खाली तथा भरी मसिका बट्टाहरू बरामद गरेको छ ।

त्यस्तै स्थानीय तहबाट प्रदान गर्ने विभिन्न किसिमका सिफारिस पत्र २० थान, मनिटर, सिपियु, किबोर्ड र माउस २÷२ थान, प्रिन्टर ३ थान, लेमिनेशन मेसिन १ थान, हिटिङ मेसिन २  थान, डाइ कटर मेसिन १ थान, विभिन्न सहकारी संस्थाहरूको स्टेटमेन्ट १७ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूबाट प्रहरीले विभिन्न सरकारी, गैरसरकारी, सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका ३ सय ५५ थान स्ट्याम्प र ठुलो सङ्ख्यामा नक्कली शैक्षिक, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र समेत बरामद गरेको छ ।

त्यस्तै प्रहरीले कारखानाबाट विभिन्न स्वास्थ्य संस्थाका सिफारिस पत्र दुई पाना, विभिन्न बैङ्कहरूको स्टेटमेन्ट १०० पाना, विभिन्न सरकारी गैरसरकारी सङ्घ संस्था तथा पार्टीहरूको छाप तथा व्यक्तिगत दस्तखत लगायतका स्ट्याम्प ३५५ थान, खाली स्ट्याम्प १५० थान, स्ट्याम्प मेसिन एक थान, एसर कम्पनीको कालो रङको ल्यापटप एक थान, विभिन्न कम्पनीको मोबाइल सात थान, विभिन्न अस्पतालका मेडिकल कार्डहरू दुई थान, विभिन्न हिसाब किताब लेखिएका डे बुक एक थान बरामद गरेको छ ।

उनीहरूलाई मुलुकी संहिता २०७४ को परिच्छेद २५ अनुसार लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सिधाकुरा

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

३ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक