एजेन्सी । चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङका विमान खरिदमा लगाएको प्रतिबन्ध हटाएको छ।
दुई देशबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको वार्तामा भन्सार शुल्क अस्थायी रुपमा घटाउन सहमति बनेसँगै चीनले आफ्ना एयरलाइन्सहरूलाई बोइङका विमान खरिद गर्न अनुमति दिएको हो।
दुई देशले सोमबार ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेका थिए।
वासिङ्टनले चीनबाट हुने धेरै आयातमा १४५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको थियो भने बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको थियो।
जेनेभामा वार्तापछि चीनले नयाँ कर १० प्रतिशतमा झारेको छ भने अमेरिकाले ३० प्रतिशतमा झारेको छ।


