बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेतृत्वमा पुग्न थाले दलित

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
नेतृत्वमा पुग्न थाले दलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैतडी । जिल्लामा पछिल्लो समय दलित समुदायका युवा नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलितको उपस्थिति बढ्न थालेको छ ।

पाटन नगरपालिका–५,का नरेशकुमार विश्वकर्मा नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिरहनु भएको  छ । जिल्लामा सक्रिय राजनीतिक दल मध्ये नेकपा एमालेको जिल्ला अध्यक्षको नेतृत्व गर्ने नरेशकुमार विश्वकर्मा एक्ला दलित युवा हुनुहुन्छ ।

राजनीतिक परिवर्तनपछि नीति निर्माण गर्ने तहमा यसअघि नेकपा एमालेबाट पुरनसिंह दयाल संविधानसभा सदस्य भई सक्नु भएको छ । स्वास्थ्यको क्षेत्रमा डा.सुशील विक जिल्ला अस्पताल बैतडीको प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) हुनुहुन्छ । शिक्षाको क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७,का दिनेश नागारी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहनु भएको छ । उहाँ एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।

सामाजिक क्षेत्रमा बैतडीकै राजु राम भुलले आन्दोलनको नेतृत्व गरेर हलिया मुक्त राष्ट्र घोषणा गर्न सफल हुनु भएको छ । धार्मिक क्षेत्रमा शिवनाथ गाउँपालिका बैतडी मूल निवासी आचार्य कृष्ण दमाई पशुपति कोटी होमको व्यासबाट प्रवचन दिएर चर्चामा हुनुहुन्छ ।

राष्ट्र सेवक कर्मचारीतर्फ बैतडीकै हरिशरण वड, दशरथ ओड, ध्रूव दयाल, महेश पार्की लगायतले जिल्लाका विभिन्न कार्यालयको प्रमुख भएर जिम्मेवारी बहन गरिसक्नु भएको छ । सुरक्षातर्फ बैतडी त्रिपुराका गोविन्दराम परियार नेपाल प्रहरीको उच्च तह एसपी भएर सेवा निवृत्त हुनुहुन्छ । हाल उहाँ कानुनको क्षेत्रमा कुशल अधिवक्ताका रूपमा क्रियाशील हुनुहुन्छ ।

स्थानीय तहको सरकारमा सरस्वती कोली २०७४ को निर्वाचनमा पाटन नगरपालिकाको उपप्रमुख भई सक्नु भएको छ । यद्यपि २०७९ को निर्वाचनमा नेतृत्व तहमा भने दलितको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । बैतडीका ८४ वडामा भने दलित महिला वडा सदस्य रहँदै आएका छन् ।

साहित्यिक क्षेत्रमा मेलौली नगरपालिकाका कर्ण दयाल सोराडीले बैतडीमै बसेर आठ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । इन्जिनियरिङको क्षेत्रमा नरेश भुल पूर्वाधार विकास कार्यालय बैतडीमा अधिकृत छैटौँ स्थानमा कार्यरत हुनुहुन्छ । सङ्गीत तथा देउडा गायनको क्षेत्रमा पञ्चेश्वरमा महेश औजी, मेलौलीका गोपाल दयाल सुदूरपश्चिममै चर्चामा     हुनुहुन्छ ।

बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ मध्ये दलितको जनसङ्ख्या ५० हजार रहेको छ । जनसङ्ख्या अनुसार सङ्घ र प्रदेश निर्वाचन क्षत्रेमा दलित समुदायबाट अब प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु पर्ने आवाज उठ्न थालेको छ ।

राजनीतिक परिवर्तनपछि दलित समुदायले शिक्षा, स्वास्थ्य र लोक सेवा जस्ता क्षेत्रमा विशेष अधिकार प्राप्त गरे पनि राजनीतिक दलहरूले दलितलाई स्थानीय तहको कार्यकारी पदमा निर्वाचन लडाउन अझैँ डराई रहेको विश्लेषक डा.केदारचन्द्र भट्टले बताउनुभयो ।

जिल्लामा ५० हजार जनसङ्ख्या भएको दलित समुदायका कम्तीमा पनि ३० हजार मतदाता छन् । निर्वाचन प्रणाली फेरेर भए प्नि अब जनसङ्ख्याका आधारमा दलितलाई कार्यकारी पदमा चक्रीय प्रणाली अनुसार उम्मेदवार बन्ने मार्गको खोजी हुनु पर्ने उहाँले बताउनुभयो । गाेरखापत्र

यो पनि पढ्नुहोस्

एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू

९ मिनेट अगाडि
विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक