बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युएनएफपीलाई अमेरिकन सरकारले दिने अनुदान रोक्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
युएनएफपीलाई अमेरिकन सरकारले दिने अनुदान रोक्ने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संयुक्त राष्ट्र यौन तथा प्रजनन स्वास्थ्य एजेन्सी (युएनएफपी) लाई अमेरिकन सरकारले दिने अनुदान रोक्ने निर्णय गरेको छ । जसले मानवीय संकटमा परेका लाखौं मानिसहरूलाई प्रदान गरिँदै आएको अत्यावश्यक सहयोग कटौती हुनुका साथै मातृ स्वास्थ्यका क्षेत्रमका असर पर्ने जनाएको छ ।

अमेरिकाले यो निर्णय ‘केम्प–कास्टेन संशोधन’लाई आधार बनाएर लिएको बताइएको छ । जसमा जबर्जस्ती गर्भपतन वा अनैच्छिक बन्ध्याकरणको कार्यक्रमको व्यवस्थापनमा संलग्न कुनैपनि संस्थालाई अमेरिकी रकम उपलब्ध गराउन नपाइने उल्लेख गरिएको छ । तर, चीनमा युएनएफपीएले जबर्जस्ती गर्भपतन वा अनैच्छिक बन्ध्याकरणमा संलग्न भएको भन्ने दावीहरू अमेरिकी सरकार र अन्य निकायहरूले गरेका मूल्यांकनहरूमा प्रमाणित नभएको पुष्टि भइसकेको छ ।

युएनएफपीएकाका लागि अमेरिका एक महत्वपूर्ण साझेदार हो, जसले वार्षिक रूपमा औसत १८० मिलियन डलर अनुदान प्रदान गर्दै आएको थियो । यस निर्णयसँगै, एनएफपीएले पहिले नै ४० भन्दा बढी मानवीय सहायता अनुदानहरूका लागि समाप्ति सूचना पाइसकेको जनाएको छ । ती अनुदानहरूको कुल रकम करिब ३३५ मिलियन अमेरिकी डलर रहेको छ, जसले २० भन्दा बढी संकटग्रस्त देश तथा क्षेत्रहरूमा मातृ स्वास्थ्य सेवा, हिंसाबाट सुरक्षा, बलात्कारको उपचार र अन्य जीवनरक्षक सेवाहरू प्रदान गर्दै आइरहेका थिए ।

यस किसिमको अनुदान कटौतीले विश्वभरिका महिला र किशोरीहरूमा गम्भीर प्रभाव पार्ने एनएफपीएको धारणा छ। जस्तो, अफगानिस्तानमा ९ मिलियनभन्दा बढी महिलाहरू मातृ स्वास्थ्य सेवा र अन्य आवश्यक सेवाहरूबाट वञ्चित हुने उल्लेख छ । त्यस्तै, अधिकृत प्यालेस्टिनी क्षेत्रहरूमा, सुत्केरी महिलाहरूका लागि मोबाइल चिकित्सा इकाइ, सुरक्षित स्थलहरू, औषधिहरू तथा सुत्केरीपछिको देखभालका किटहरूको व्यवस्था रोकिने जनाइएको छ । ‘यसले विश्वभर मानवअधिकार र महिला स्वास्थ्यमा दीर्घकालीन नकरात्मक असर पार्ने देखिन्छ,’ एनएफपीएले भनेको छ ।

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

५५ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक