शनि, चैत्र २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

भारतमा ‘जार’को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
भारतमा ‘जार’को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् ।

सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन् । यस्तै दार्जीलिङमा पनि चलचित्रको शोज थप भएको छ । हाल प्रदर्शनमा आएका सबै शहरमा चलचित्रको उच्च माग देखिएको छ, सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ, क्षेत्रीले भनिन्, ‘दर्शकले ‘जार’प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।’

दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा चलचित्र प्रदर्शनको क्रममा रहेको क्षेत्रीले जानकारी दिइन् ।

नेपालमा पनि यो चलचित्रलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । कलाकारसहितको निर्माण टिम शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको छ । रञ्जना सिनेमाज्, क्यूएफएक्स छायाँ सेन्टर, क्यूएफएक्स लाविङ मल लगायतका हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए । पर्दामा देखिरहेका कलाकारहरूलाई नजिकबाट देख्दा दर्शक उत्साहित देखिए, सेल्फीमा रमाए, अटोग्राफ लिए ।

चलचित्रले उठाएको कथावस्तु, विजिएम, सिनेमाटोग्राफी, कलाकारहरूको अभिनयकला, निर्देशकीय पक्षलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । समिक्षकहरूले ‘जार’लाई उच्च रेटिङ प्रदान गरिरहेका छन् । निर्देशक फुर्वाछिरिङ लामा र सिनेमाटोग्राफर सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर बधाई र राम्रो चलचित्र प्रदान गरेकोमा धन्यवाद दिए ।

यसैबीच दर्शक प्रतिक्रिया लिन ठमेलस्थित छायाँ सेन्टर पुगेका निर्देशक लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन् ।वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित जारलाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकोमा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार गरेका हुन् । ‘नेपाली समुदायको इतिहास बोल्ने धेरै कथाहरू अहिलेको पुस्ताले थाहा पाउन जरुरी छ, भोलीको दिनमा पनि ऐतिहासिक दस्तावेज बन्नसक्ने चलचित्रहरू बनाउँदै जानु भन्ने सुभकामनासहित दर्शकले हलमै उपन्यास उपहार दिनुभयो’, निर्देशक लामाले भने ।

दर्शक र समिक्षकबाट प्राप्त प्रतिक्रियाले खुशी बनाएको भन्दै निर्देशक लामाले यो प्रकारको साथ भोलीको दिनमा पनि निरन्तर पाउने अपेक्षा राखे । ‘जार’मा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।

अखिलेश राईको सम्पादन  रहेको चलचित्रको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । नेपालमा यो चलचित्रलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले प्रदर्शन तथा वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्

शुक्रबारदेखि  ‘राम नाम सत्य’ प्रदर्शनमा

शुक्रबारदेखि ‘राम नाम सत्य’ प्रदर्शनमा

५ घण्टा अगाडि
महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको तयारी पूरा

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक