काठमाडौं । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । भारत र पाकिस्तानले पनि यसको पुष्टि गरेका छन् ।
एएनआईको रिपोर्ट अनुसार, गोलाबारी र सैन्य कारबाही रोक्न भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्ता समेत भएको छ। आज दिउँसो दुवै देशका डाइरेक्टर जेनेरल अफ मिलिटरी अपरेसन बिच छलफल भएको र त्यसपछि युद्धविरामको सहमति भएको रिपोर्टमा उल्लेख छ ।