काठमाडौं । प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
वैशाख २२ गते आरआर क्याम्पसमा स्ववियुको विषयलाई लिएर नेविसंघका कार्यकर्ताहरूले तोडफोड गरेका थिए। निर्वाचन समितिले अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काकाे अध्यक्षतामा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको थियो।
सर्वपक्षीय रूपमा विभिन्न विद्यार्थी सङ्गठनहरूबिच भागबन्डा गरेर स्ववियु कार्यसमिति चयन गरिएको थियो। नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए। उक्त कार्यको विरोध गर्दै नेविसंघबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीसहितका ६ जना उम्मेदवारहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको थियो।