काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट समातिएर फेरि २० जना नेपाली देश निकाला गरिएका छन् । तिनलाई बोकेर भारतको नयाँ दिल्ली हुँदै आएको Omni Air International को चार्टर्ड जहाज Flight No. OAE-3148 केही बेरअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अनेक दु:खका साथ त्यसरी अमेरिका पुगी अपमानजनक तवरबाट निकालिएका ती नेपालीको बिस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।
फर्काइनेमध्ये अधिकाँश पश्चिम रुकुमका छन् भने एक जना शेर्पा थरकी महिला चाहिँ सिन्धुपाल्चोककी हुन् ।
को को फर्काइए ?
आज राती नेपाल ओरालिनेमा कमल खड्का,भगिराम सुनार र सन्दिप घर्ती मगर (दाङ्ग),एकराज वली (सल्यान),बिकास थापा,चन्द्रप्रकाश नकाल,रमेश वली,प्रेमप्रकाश खड्का,मदन ठकुरी,दिपेश भण्डारी र झलककुमार वली (पश्चिम रुकुम) का हुन् । सुमन बिक (बाँके) र कर्मा शेर्पा (सिन्धुपाल्चोक) सहित कतिपय इक्वेडर,युएइ,अजरबैजान,दिल्ली हुँदै अमेरिका गएका थिए ।
पश्चिम रुकुमकै जुध्दबहादुर पुन र सन्जय बुढा अनि बाग्लुङका नारन घर्ती,सल्यानका गणेश राउले,एकराज वली र चेतन बुढासमेत आज नेपाल ल्याइपुर्याइएका छन् । यीमध्ये ११ जना पश्चिम रुकुम,३ जना सल्यान,३ जना दाङ्ग,बाँके,बागलुङ्ग र सिन्धुपाल्चोकका एक एक जना हुन् ।
रुकुम पश्चिमका मदन खत्री, डम्बर खड्का र जुध्दबहादुर पुन नेपालबाट दिल्लीसम्म बसमा,त्यहाँबाट दुबई हुँदै अमेरिका प्रवेश गरेका थिए ।