काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले काठमाडौंमा मोटरसाइकल र्याली निकालेका छन् ।
काठमाडौको सुकेधाराबाट सुरु गरिएको र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी थिए ।