शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युद्ध रोक्न अमेरिकाको आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
युद्ध रोक्न अमेरिकाको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा भनिन्, ‘हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो । मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै समाधान निस्कँदैन ।’ भारत–पाकिस्तान तनावबारे सोधिएको प्रश्नमा उनले सो कुरा बताएकी हुन् ।

उनले थपिन्, ‘युद्ध, सेना र हिंसा कुनै समाधान होइन । पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन् ।’

अमेरिकी मध्यस्थताबारे के भनिन् ?

पत्रकारहरुले उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी प्रश्न पनि सोधेका थिए । तर उनले भारत–पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बीबीसीले जनाएको छ ।

सो प्रश्नमा ट्यामी ब्रुसले भनेकी छन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक या कुनै पनि तहमा वार्तामा हुन्छन् भने हामी त्यसको जानकारी सार्वजनिक गर्दैनौं । यो हाम्रो नीति हो ।’

उनले थपिन्, ‘हामीलाई लाग्छ, नेताहरूबीच व्यक्तिगत तहमा कुरा भइरहेको बेलामा त्यसका विवरणहरू सञ्चारमाध्यमबीच राख्नु आवश्यक हुँदैन ।’

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले यसबाहेक अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् ।

यस क्रममा रुबियोले दुवै देशका नेताहरूसँग तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेका थिए । साथै, उनले प्रत्यक्ष वार्तामा जोड दिएका थिए ।

यो पनि पढ्नुहोस्

चीनको निर्यात लगातार घट्याे

चीनमा आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान

१ दिन अगाडि
सङ्घीय सदनको बैठक बस्दै

आज चार समितिकाे बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक