शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतमा रहेका लाखौँ नेपालीको सुरक्षा गर्न ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
भारतमा रहेका लाखौँ नेपालीको सुरक्षा गर्न ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । images सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरे । सांसद बीना जैसवालले नेपाल–भारतबीच खुला सिमाना भएकाले नेपालले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्नेमा जोड दिइन् ।

सांसद शान्ति श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने, सीप, क्षमता भए पनि घरमा मात्रै बस्नुपर्ने बाध्यता भएकाले यसका लागि आवश्यक बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद शिव नेपालीले वर्षायामको सुरुआत भएकाले विपद् व्यवस्थापनको तयारी समयमै गर्न सरकारसँग माग गरे ।

सांसद शोभा ज्ञवालीले बर्दियाका नदीहरुमा आएको बाढीले विगतमा खेतीयोग्य जमिन कटान गरी घरबस्ती डुबानमा परेर ठूलो धनजनको क्षति गरेको हुँदा यथाशीघ्र बजेटको व्यवस्था गरी सो क्षेत्रको समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद शङ्कर भण्डारीले सरकारले आगामी वर्षको बजेटमा निर्माण व्यवसायी र सरकारबीचको विवादले कुनै पनि विकास निर्माणका काम नरोकिनका लागि पहल गर्न माग गरे ।

सांसद सरस्वती बजिमले किसानलाई आवश्यक बीउबिजन, मल र सिँचाइको व्यवस्था गर्न माग गरिन् । बाँदर, बँदेल, दुम्सीलगायत जनावरले खेतीपाती खाइदिएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सराज अहमत फारुकीले ‘एक स्थानीय, उत्पादन एक’ पालिका अभियान सञ्चालन गर्न माग गरे । युवापुस्तालाई विश्वास दिलाउँदै देशभित्रै बस्ने वातावरण बनाउन सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । सुशासन र पादरर्शीको निम्ति सरकारले सबै खरिद प्रक्रियालाई अनलाइन प्रणालीअनुसार सञ्चालन गरी देशभित्रै युवालाई रोजगारी दिनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

लागु औषधको नियन्त्रण जरुरी

लागु औषधको नियन्त्रण जरुरी

७ मिनेट अगाडि
विदेशी मुद्राको विनिमय दर निर्धारण

अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य बढ्याे

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक